आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा (एमाले) का उपाध्यक्ष तथा एमाले एकता कार्यदलमा मुख्य भूमिका खेल्ने प्रभावशाली नेता

डा. भीम बहादुर रावललाई अध्यक्ष केपी शर्मा ओली पछिको दोस्रो शक्तिशाली नेता बनाउने तयारी बाहिरिएको छ ।

उपाध्यक्ष रावल प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन् ।

हिजो राति १० बजे कार्यदलले १० बुँदे सहमति गरेको छ। उक्त सहमति कार्यान्वयनबारे

आशंका भैरहेको बेला रावल भने प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका हुन् ।

उक्त सहमतिबारे माधव नेपालको असहमति रहेको कुरा आएको छ ।

नेपालले सामाजिक सञ्जाल फेशबुकमार्फत उक्त सहमतिमा अदालतको फैसलालाई

प्रभावित पार्ने खालको भाषा रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

तर, रावलले भने उक्त सहमतिमा माधव नेपालको पनि पूर्ण समर्थन रहेको दाबी गरेका छन् ।

उनले सहमतिपत्रमा हस्ताक्षर गर्नुपूर्व आफूले नै माधव नेपालसँग कुरा गरेको र सहमति लिएको पनि दाबी गरे ।

पुष ५ गते र अहिले दोस्रो पटक संसद् विघटन गर्दासम्म प्रधानमन्त्री ओलीको सबैभन्दा कडा

आलोचना गरेका रावल पछिल्लो समय प्रधानमन्त्री ओलीसँग निकट छन् ।

रावल र प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि नै एमालेको कार्यदल ब्यँुतिएको हो ।

रावल माधव नेपालको तर्फबाट कार्यदलको संयोजक हुन् ।

नेता रावल एकाएक ओलीप्रति नरम र पार्टीमा ओलीलाई नै शक्तिशाली बनाउन लाग्नुको कारण चाहीँ उनले

पार्टीमा कार्यावाहक अध्यक्षको जिम्मेवारी पाउने आश्वाउन पाउनु नै रहेको उनीनिकट नेताहरुको भनाई छ ।

 


Last Updated on: July 15th, 2021 at 6:29 pm
५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया