आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका

डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे ।

र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए ।

भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए ।

शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।

यो दृष्य हो २०७४ मंसिर ३ गते पेरिसडाँडामा प्रचण्ड पुत्र प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्दाको दृष्य ।

सर्वाच्च अदालतबाट नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएपछि माओवादीहरुबीचको एकताको हल्ला निकै चलेको छ ।

नेताहरुक अनुसार माओवादी नेताहरु एकताका लागि छलफल र बहसमै छन् ।

शान्तिप्रक्रियामा आएसँगै माओवादी नेताहरुको छुट्टाछुट्टै माओवादी पार्टीहरु भएपछि शक्ति कमजोर भएको भन्दै फेरि एकताका लागि कस्सिएका हुन् ।

सबै माओवादी पार्टीहरु एक हुनुपर्ने बहस चले पनि पछिल्लो समय माओवादी केन्द्र र मोहन वैद्य नेतृत्वको

नेकपा क्रान्तिकारी माओवादी, नेत्र विक्रम चन्द नेतृत्वको नेकपाबीचको एकता प्रक्रियाका कुरा भएका छन् ।

माओवादी पार्टी फुटाएर फुटको औचित्य पूरा गर्न नसकेको माओवादीहरु एकताका लागि फेरि कस्सिएका हुन् ।

सार्वजनिक कार्यक्रममा सबै माओवादीका नेताहरुले सबै माओवादी पार्टीहरु एकता आवश्यक रहेको बताउने गरे पनि

पार्टीको आन्तरिक कार्यक्रमहरुमा भने विचारमा नमिल्दासम्म एकता नहुने बताउँदै आएका छन् ।

माओवादी एकताको कुरा हल्ला मात्रै हो कि साँच्चै एकता हुन लागेको हो त रु

‘एकताको कुरा हल्ला मात्र होइन, साच्चिकै एकता हुन लागेको हो’,

वैद्य माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्य भन्छन्– ‘नेताहरुबीचको संवाद जारी छ ।’

वैद्य माओवादी कार्यदिशाप्रति असन्तुष्ट छ । हेटौंडा महाधिवेशनले

जनवादी क्रान्ति सम्पन्न भइसकेको ठहर गर्दै समाजवादी क्रान्तिमा लाग्ने ठहर गरेको थियो ।

एकताका लागि प्रचण्ड–वैद्य र विप्लवबीच लामो समयदेखि छलफल र संवाद जारी रहेको स्रोतको दाबी छ ।


Last Updated on: July 14th, 2021 at 3:09 pm
५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया