शुक्रबार ०८ आश्विन २०७८

एजेन्सि।

नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा नेतृत्वको सरकारमा नेपालका

एक डलर खर्बपति विनोद चौधरी अर्थमन्त्री बन्ने सम्भावना बढेको छ ।

माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको छनोटमा जुटेका छन् ।

काँग्रेस सभापति देउवाले पार्टीबाट आफ्नो सारथिको छनोटका लागि छलफलमा छन् ।

सोमबारदेखि देउवाले काँग्रेसभित्र मन्त्री छनोटको गृहकार्य अगाडि बढाएको पाइन्छ ।

देउवा आफू पक्षीय उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का,

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणलगायतसँग आन्तरिक छलफलमा छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि आन्तरिक छलफल गर्दै छन् ।

सिटौलाले एक बजे आफू पक्षीय नेताहरुलाई निवास बोलाएका छन् ।

सिटौला समूहबाट नेता गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जना मन्त्री बन्ने पक्का छ ।

देउवा पक्षबाट आज खाणलाई मन्त्री बनाउने सम्भावना बलियो छ ।

यस्तै अर्थमन्त्रीमा नेता नारायण खड्का, ज्ञानेन्द्र कार्की, महाधनाढ्य विनोद चौधरी लगायतले लबिङ गरिरहेको स्रोतले बतायो ।

यस्तै रामचन्द्र पौडेल पक्षले पनि अर्थ मन्त्रालय नजर लगाएको छ ।

त्यसका लागि नेता रामशरण महत र मिनेन्द्र रिजाल लागि परेका छन ।

महतले हिजो नै देउवा निवास पुगेर वर्तमान अर्थ संकटको समाधानका लागि

आफूलाई ६ महिना भएपनि अर्थमन्त्री बनाउन आग्रह गरेको बुझिएको छ ।

आज पनि महामन्त्री शशांक कोइरालाई साथमा लिएर रिजाल पनि देउवा निवास पुगेका थिए ।

देउवाले नेता प्रकाशमान सिंहसँग पनि छलफल गरिरहेका छन् ।

१४ औं महाधिवेशनमा आफूलाई सहयोग गर्ने गरी सिंहलाई

उपप्रधानमन्त्रीसहित सरकारमा भित्र्याउने देउवाको रणनीति रहेको स्रोतको दाबी छ ।

Source:www.newsparda.com


Last Updated on: July 13th, 2021 at 9:31 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया