आइतबार ०३ आश्विन २०७८

माओवादीबाट यी ३ जना बन्ने भए नयाँ मन्त्री

काठमाडौं –

सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने ३ जनाको नाम नेकपा माओवादी केन्द्रले टुंग्याएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवासँगको छलफलपछि ३ जना मन्त्रीको नाम टुंग्याएका हुन् ।

प्रचण्डले माओवादी केन्द्रबाट देव गुरुङ, जनार्दन शर्मा र पम्फा भुसालको नाम टुंगो लगाएका छन् ।

यी तीनै जनाले पाउने मन्त्रालयको टुंगो लाग्न भने बाँकी रहेको स्रोतले जनाएको छ ।

शर्माले उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयमा दाबी गरेका छन् ।

नेता शर्माले सरकारको नेतृत्व गर्दै अर्थ मन्त्रालयमा जाने रुचि देखाएका छन् । उनी यसअघि नै ऊर्जा र गृहमन्त्री भइसकेका छन् ।

माओवादी र कांग्रेसबीच गृह र अर्थ मन्त्रालयमा रस्साकस्सी चलेको छ ।

देउवा नेतृत्वको सरकार चुनावी सरकार भएकाले गृह मन्त्रालय आफूसँग राख्ने देउवाको तयारी रहेको छ ।

माओवादी केन्द्रका नेता शर्मा अर्थ नपाए गृहमा जाने देखिएका छन् ।

यसअघि, देउवा र प्रचण्डबीच मंगलवार सरकारमा सहभागिता लगायतका विषयमा छलफल भएको थियो ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवा र प्रचण्डबीच मंगलबार दिउँसो छलफल भएको छ ।

सर्वोच्च अदालतको फैसला बमोजिम देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै देउवाले मंगलबारै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

कांग्रेसबाट मन्त्रीका लागि यी २ जनाको नाम चर्चामा

सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न

परमादेश जारी गरेपछि अब नयाँ बन्ने मन्त्रीको चर्चा सुरु भएको छ ।राष्ट्रपति कार्यालयमा आज मंगलबार

सभापति देउवाले प्रधानमन्त्रीमा शपथ खाएसँगै कांग्रेस र माओवादी केन्द्रबाट २/२ जना मन्त्री नियुक्त हुने चर्चा छ ।

कांग्रेसबाट नयाँ मन्त्री बनाउनेबारे सभापति देउवाले पार्टीमा छलफल गरिरहेका छन् ।

नेपाली कांग्रेसबाट कसलाई मन्त्री बनाउने भन्नेबारे शीर्ष नेताहरूको बैठक राखेर टुंगो लगाउने तयारी भइरहेको छ ।

कांग्रेसबाट नेता डा. मिनेन्द्र रिजाल र बालकृष्ण खाँणको नाम चर्चामा रहेको छ ।

सोमवार सर्वोच्च अदालतले प्रतिनिधिसभा संसद विघटन खारेज गर्दै ६ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन तथा आज मंगलवार साँझ ५ बजेभित्र नेपाली

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

Source:www.newsparda.com


Last Updated on: July 13th, 2021 at 8:25 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया