आइतबार ०३ आश्विन २०७८

काठमाडाैं ।

नेकपा एमालेका नेता महेश बस्नेतले देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको बताउदै

सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्न सम्भव नभएकाे जीकिर गरेका छन् ।

अदालतको फैसलाविरुद्ध माइतीघर अघि भेला भएर बिरोध प्रदशन गर्न नेता कार्यकर्तालाई आह्वान गर्दै उनले यस्ताे बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्- ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा

भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाका विरुद्ध विरोध जनाऔँ ।’

उनले आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन भएको पनि बताएका छन् ।

‘निर्दलीय शासन व्यवस्था पुन विजारोपण भएको दिन’, उनले भनेका छन्, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार

न्यायपालिकाको नाउमा सेटिङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण ।

अब देश राजनैतिक द्वन्द्वमा प्रबेश गरेको छ । यो परमादेश कार्यान्वयन गर्ने असम्भव छ ।’

युवा संघले पनि यसको विरुद्ध आजै माइतीघर मण्डलामा बिरोध प्रदशन गर्न लागेको बस्नेतले बताएका छन् ।

तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्बोच्च अदालतको

असंबैधानिक फैसलाका बिरुद्ध बिरोध जनाआै।

आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन।

निर्दलिय शाषण ब्यब्स्थाको पुन बिजारोपन भएको दिन।

ब्यबस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको

नाउमा सेट्ङ्ग वाला केही न्याय मुर्तिका नामधारीहरुले हातमा लिएको क्षण।

अब देश राजनैतिक द्वन्दमा प्रबेश गरेको छयो परमादेश कार्यान्वयन गर्न असम्भव छ।

युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा बिरोध प्रदर्शन गर्दैछ।

जो जहाँ छौ सहभागी बनौ। देश भर बिरोध प्रदशन गरौं।

Source:www.newsparda.com


Last Updated on: July 12th, 2021 at 7:30 pm
६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया