आइतबार ०३ आश्विन २०७८

वीरगंज-

नेपालको आर्थिक राजधानी तथा देश कै सबैभन्दा बढी राजश्व संकल्न गर्ने

पर्साको बीरगंज भन्सारका सिमानाको मुख्य जिम्मेवारी पाएका सशस्त्र

प्रहरीको सहयोगले नुन देखि सुन सम्मको तस्करी भईरहेको समाचार प्राप्त भएको छ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम प्रहरी उपरीक्षक राजेन्द्र खडकाको

मिलोमतोमा पर्सा जिल्लाभरि रहेका सिमानाकाहरु वाट मोटर, केराऊ , चाईनिज स्याऊ ,

लत्ताकपडा, भैसी लगायतका सामानहरुको व्यापक रुपमा तस्करी भईरहेको छ।

केही दिन पहिला सशस्त्र प्रहरीको सहयोगले २ वटा ट्याक्टरमा लोड गरि मोटर

१ वटा ट्रकमा चाईनिज स्याऊ लोड गरि भारत तर्फ गइरहेको अवस्थामा विशेष सुचनाको

अधारमा नेपाल प्रहरीले समातेर वीरगंज भन्सार कार्यालय बुझाएको थियो।

बिओपी प्रमुखहरु मार्फत नजराना बुझदै आएका उपरीक्षक

खडकाको समाचार आएपछि उनले मिडियालाई थाहा नहुने गरि आफ्नो

बिभागका घुमुवा परिचालन गरि वीरगंजका एकजना व्यापारी मार्फत मासिक लाखौं रुपैया नजराना बुझि पर्सा जिल्ला भरि

तस्करीको लाईन खुल्ला गरेका नाम नछाप्रने सर्तामा एक जना व्यापारीले बताएका छन्।

त्यसै गरि एसिपी राजेन्द्र खड्काको सरुवा हुने बेलामा आफ्नो

नाममा र डिआइजी चन्द्र प्रकाश गौतमको नाऊ पर्सा जिल्लाका भैसीका कारोबार गर्ने ठूलो

व्यापारी भन्ने महादेवबाट मोटो रकमको नजराना बुझि सबैठवा, ठोरी , र्मिजापुर, महादेवपर्टि,

स्वर्णपुर, लगाएतका नाकाहरुवाट भैसीको तस्करी गर्नै बिओपी पतिहरुलाई छुट दिएका छन्।

सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरी उपरीक्षक खडकाको सरुवा भई

पर्सा जिल्लावाट जाने भएको बेलामा पैसाको लागि जिम्मेवारी वाट पन्छिएको का

कारणले गर्दा वीरगंज भन्सारको राजस्वमा कमि आएको सिमाविदहरुले बताएका छन्।

 ‘जो रक्षक उही भक्षक’ भन्ने उखान झै सशस्त्र प्रहरीको छ । सिमानाकामा कडा निगरानी र राजश्व चुहावट रोक्ने

जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा र बोर्डरमा खटिएका सशस्त्र प्रहरी बल कै मिलोमतोमा अहिले

पर्सामा ब्यापक मात्रामा तस्करी हुदा राज्यलाई करोडौ रुपैया घाटा हुने गरेको भएता पनी बेला बखतमा

यस बिषयमा समाचारहरु आउदा समेत सशस्त्र प्रहरी बल लगायत सम्बन्धित निकाय आँखामा पट्टी बाधेर सुत्ने

गरेको हुदा यसतर्फ सरोकारवालाहरुको ध्यान जानु जरुरी देखिन्छ ।


Last Updated on: July 11th, 2021 at 10:31 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया