शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको

प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणाविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा

सुनुवाइ सकिएर फैसला आउनैलाग्दा निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्यक्रम प्रकाशित गरेको हो ।

आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि

असार ३१ देखि साउन १५ गतेसम्मको समय दिएको छ ।

प्रत्यक्ष निर्वाचित हुने सांसदका लागि असोज २० र २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम रहेको छ ।

असार ३१ गतेदेखि निर्वाचन अवधि सुरू हुने आयोगको कार्यतालिकामा रहेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी

कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको थियो ।

Source:www.newsparda.com

Last Updated on: July 11th, 2021 at 9:31 pm
१०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया