आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।

आइतबार अधिवक्तासमेत रहेका तत्कालीन (राष्ट्रिय जनता पार्टी) राजपाका उपाध्यक्ष

राजकुमार थापा र हृदयराज मिश्रले तत्कालीन राजपा नेपाल र समाजवादी पार्टी (सपा)

नेपाल मिलेर बनेको जसपा खारेजीको माग गर्दै अदालतमा रिट हालेका हुन् ।

उनीहरूले रिट निवेदनमा निर्वाचन आयोग, जनता समाजवादी पार्टी

नेपाललाई विपक्षी बनाई उत्प्रेषण, परमादेशलगायतको आदेश जारी गर्न माग गरेका छन् ।

रिट निवेदनमाथि असार ३० गते प्रारम्भिक सुनुवाइ हुने  रिट निवेदक अधिवक्ता थापाले जानकारी दिए ।

राजपा नेपाल र समाजवादी पार्टीबीचको एकता नै संवैधानिक नभएको उनीहरूको दाबी छ ।

एकीकरण नै त्रुटीपूर्ण रहेको भन्दै रिट निवेदनमा खारेजीका लागि

निर्वाचन आयोगमा दिएको निवेदनलाई अन्देखा गरी आयोगले

एकीकृत भई बनेको नयाँ दल जसपा दर्ता गरेकाले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाइएको उल्लेख छ ।

दल दर्ता नै संविधान र कानुन विपरीत रहेको दाबी गरिएको रिट निवेदनमा एकीकरण

पूर्वका दुई दल राजपा र समाजवादी पार्टी नेपाल कायम गरिदिन माग गरिएको छ ।

 


Last Updated on: July 11th, 2021 at 8:30 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया