आइतबार १० आश्विन २०७८

काठमाडौँ।

यतिबेला नेकपा एमालेको विवादित समुह अर्थात प्रधानमन्त्री केपी शर्मा ओली र

वरिष्ठ नेता माधवकुमार नेपाल समुह मिलान बिन्दुमा पुगेको छ ।

यो अवस्थामा शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

एमाले सहमतिको अन्तिम टुंगोमा पुग्दा नेता नेपाल र प्रचण्डबीचको भेटले विभिन्न शंका उब्जाएको थियो ।

पटक पटक विपक्षी गुट मजबुद बनाउन नेता नेपालसँग भेट्दै आएका प्रचण्डले भने यस पटक कुनै उपलब्धि हात पार्न सकेनन् ।

उसो त नेता नेपालको सचिवालयका तर्फबाट स्वकीय सचिव मोहन गौतमले जारी गरेको

विज्ञप्तिमा अध्यक्ष प्रचण्ड नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन कोटेश्वर

पुगेको र अन्य राजनीतिक विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।

यस्तोमा अध्यक्ष प्रचण्डले चाहेर पनि राजनीतिक कुराकानी भएको हुन नसकेको अनुमान गरिएको छ ।

पटकपटक नेपालसँग एकजुट भएर ओलीविरोधी मिसनमा हिडेका प्रचण्ड

यतिबेला खाली हात फर्किनु एक किसिमले लज्जास्पद स्थितीका रुपमा हेरिएको छ ।


Last Updated on: July 11th, 2021 at 10:07 am
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया