आइतबार ०३ आश्विन २०७८

बिर्तामोड –

झापाको चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गत भद्रपुर नगरपालिकास्थित लेखनाथचोकमा भएको कार

दु’र्घ’टनामा नेकपा एमालेका नेता ज्ञानुराम प्रसाईको नि’धन भएको छ।

बिहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर–९ स्थित चारआली–

चन्द्रगढी सडकखण्डमा प्रसाई सवार कार दु’र्घ’टनामा परेको हो।

ट्राफिक प्रहरी कार्यालय झापाका नेता प्रसाई आफैले चलाएको बा१६च ८१८२ नम्बरको कार चलाएर चन्द्रगढीतर्फ जाँदै थिए।

चन्द्रगढीस्थित बीपी स्तम्भमा ठोक्किएर दु’र्घ’टनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रसाईको बायाँ खुट्टाका साथै भित्री चो’ट लागेको थियो। घा’इते

भएका प्रसाईलाई उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो।

मेची अस्पतालले १२ः१५ बजे उपचारकै क्रममा प्रसाईको नि’धन भएको घोषणा चिकित्सकले गरेका थिए।

नेता ज्ञानुराम प्रसाई बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईको श्रीमान् हुन्।

बिर्तामोडका लोकप्रिय नेता प्रसाईको नि’धनले झापा शो’कमा डुबेको छ।

यो पनि पढ्नुहोस्ः यी ‘फ्याक्टर’ जसले एमाले एकतामा बाधा पुर्‍याइरहेको छ

काठमाडौं – नेकपा एमाले हाल न जुट्न सकेको छ न फुट्न।

लामो समयको ध्रुविकरण पनि नेताहरु छलफलमा त जुटे, तर हालसम्म कुनै निष्कर्षमा पुग्न सकेका छैनन्।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता

माधवकुमार नेपाल गरी एमाले लामो समयदेखि २ भागमा विभाजित छ।

नेपाल कम्युनिष्ट पार्टी अस्तित्वमा रहेकै बेलादेखि नेताहरुमा खटपट देखिएको थियो।

त्यसपछि प्रतिनिधि सभा विघटनबाट विकसित राजनीतिक

घट नाक्रमले ओली र नेपालबीच बानी बाराबारको स्थिति सिर्जना भयो।

एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि नेपाल कांग्रेस र माओवादीलगायतको विपक्षी गठबन्धनमा जोडिए।

तर, दोस्रो तहका नेताहरुले पार्टी जोगाउन केही सक्रियता देखाएसँगै ओली र नेपालबीच लामो समयपछि वार्ता भयो।

फलस्वरुप, वि वाद समाधानका लागि कार्यदल गठन भयो।

दुबै पक्षबाट ५–५ जना सदस्य रहने गरी गठित कार्यदल एकपछि अर्को छलफलमा जुट्यो।

ओली पक्ष माधव नेपालका मागहरुमा केही लचक पनि देखियो।

तर, ठोस सहमति हुन नसक्दा नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई विश्वा सको मत दिएन।

ओलीले संसदबाट विश्वा सको मत पाउन सकेनन्।

उनी संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बने।

त्यसपछि पनि उनले पुनः विश्वा सको मत लिनुपर्ने थियो। प्रधानमन्त्रीले ओलीले त्यसो गरेनन्।

अन्ततः प्रधानमन्त्रीमा नेपाल पक्षसहित विपक्षी गठबन्धनको

सहयोगमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गरे।

ओलीले पनि जनता समाजवादी पार्टी र एमालेको समर्थनमा

प्रधानमन्त्रीमा दाबी गरे। त्यसपछि दोस्रो पटक प्रतिनिधि सभा विघटन भयो।

प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली र एमाले

वरिष्ठ नेता नेपाल एकअर्कावि रुद्ध खरोरुपमा प्रस्तुत भए।

सार्वजनिक कार्यक्रममा नेताहरु तुच्छ गाली र अमर्यादीत टिकाटिप्पणीमा उत्रिए।

एमाले फेरी पहिलेकै ध्रुविकरणमा उभियो। यसपटक पनि दोस्रो तहका

नेताहरु सक्रियता देखाउँदै पुन कार्यदलको वार्तालाई निरन्तरता दिन थाले। त्यसपछि ओली र

नेपालबीच वान टु वान वार्ता पनि भयो। कार्यदलको बैठक पटकपटक बसेपनि सहमति भने भएको छैन।

सहमतिका लागि ओली पक्ष र नेपाल पक्षको आफ्आफ्नै अडान छ।

ओली पक्षले देउवालाई प्रधानमन्त्रीका लागि दिएको समर्थन फिर्ता गरेर निशर्त सहगोग गर्न आग्रह गरिरहेको छ।

कार्यदलमा सहमति जुट्न नसक्नुमा नेता नेपाल पक्ष अडानमा कायमै रहनु र त्यसका निम्ति ओली पक्ष तयार नहुनु हो।

अनौपचारिक र औपचारिक वार्तामा दोस्रो तहका नेताहरुका

अनुसार २ जेठ २०७५ अगाडिको अवस्थामा फर्कन सहमति जुटेको छ।

अध्यक्ष ओलीले भने ३ जेठ २०७५ को अडान लिएका थिए।

त्यो भनेको पूर्वमाओवादी तर्फका नेताहरु सहितको एमाले संगठन हो।

यो अडान छाड्न ओली समूहका नेताहरु तयार छन्। तर नेपाल समूहले भने २३ फागुन

यताको सबै निर्णय खारेजको प्रस्ताव गरेको छ। अध्यक्ष ओलीले २८ फागुन यता माधव

नेपाल समूहका नेताहरुलाई भूमिका विहीन बनाउनेगरी संगठन

निर्माण र दशौं महाधिवेशनसम्मका निम्ति महत्वपूर्ण निर्णय गरेका छन्।

नेपाल समूहले ओली पक्षले गरेका सबै निर्णय खारेज हुनुपर्ने र

आफ्नो तर्फबाट भएको निर्णयहरु पनि खारेज हुने अडान लिएको छ।

नेपाल समूहले अर्को अडान छ, केन्द्रीय कमिटीमा सन्तुलन।

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्दा थपिएका ३८ केन्द्रीय सदस्य एक्लौटी गरिएको थियो।

बादल समूहबाट २३ जना केन्द्रीय सदस्य पनि थपिएका छन्।

यो सबैलाई स्वीकार गर्दा केन्द्रीय सदस्यमा सन्तुलन मिलाउनुपर्ने नेपाल पक्षको माग छ।

तेस्रो अडान हो, सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता नलिने।

अध्यक्ष ओलीले भने हस्ताक्षर फिर्ताको अडान अझै छोडेका छैनन्। बुधबार साँझ बरिष्ठ

नेता नेपालसँग ‘वान अन वान’ वार्तामा पनि ओलीले यो अडान राखेका थिए।

तर फरक परिस्थितिमा हस्ताक्षर गरिएको र त्यसको उद्देश्य संसद् बचाउनु भएकाले फिर्ता नहुने नेपाल समूहको अडान छ।

एमालेको एकता गर्दा यो विषयमा मौन रहनुपर्ने नेपाल पक्षको मत छ।

स्रोतका अनुसार, ओली तर्फका कार्यदल सदस्यहरु पनि यसमा सहमत छन्। तर सहमति भने जुटिसकेको छैन।

शुक्रबार पनि एमाले कार्यदलको बैठक बस्दैछ। नेताहरुले छलफलहरु

सकरात्मक भएकाले सहमति हुन सक्ने बताउँदै आएका छन्।

Source:www.swadeshnepal.com


Last Updated on: July 9th, 2021 at 10:29 pm
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया