शुक्रबार ०८ आश्विन २०७८

काठमााडौं।

यतिबेला नेपाली राजनीतिक माहाेल निकै नै उथलपुथलको अवस्थामा छ ।

खासगरी देशकै प्रमुख दलहरुको भविष्य अन्यौलमा रहेको अवस्था छ ।

राजनीतिक विकराल अवस्थमा पुग्नु पछाडि सबै दलहरु र

दलका नेताहरूको उत्तिकै भुमिका रहेको मान्न सकिन्छ ।

तर, यो सबै अवस्थालाई पार लगाएर देशलाई एक नयाँ

केन्द्रमा पुर्याउने लक्ष्य प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा रहेको देखिन्छ ।

खासगरी वर्तमान अवस्थामा देशकाे जिम्मेवारी उनीमाथि नै भएका कारण

पनि याे संकट पार लाउन प्रधानमन्त्री ओलीकाे भुमिका रहन्छ ।

लामाे समयदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,

जसपाको उपेन्द्र यादव समुह प्रधानमन्त्री ओलीविरुद्ध सक्रिय छ ।

उसाे त प्रधानमन्त्री ओली विरुद्ध केही सर्वसाधरण देखि उनकै पार्टीका नेताहरू समेत बेला बेला लाग्ने गरेका छन् ।

विपक्षी गुटमा सक्रिय भए पनि कांग्रेस दृड निर्णय गरेर अघि बढ्न सक्ने अवस्थामा छैन् ।

एमालेकै नेता माधवकुमार नेपालसमुह प्रधानमन्त्री ओलीविरुद्ध भए पनि आफुले चाहेमा एक

पासा हालेर नेता नेपाललाई आफ्नो टिममा गाँभ्न सक्ने विश्वास प्रधानमन्त्री ओलीमा रहेको देखिन्छ ।

प्रधानमन्त्री ओली नेपाल समुहलाई मिलाएर, जसपाको महन्थ ठाकुर

समुहलाई आफ्नै गठबन्धनमा हालेर एक शक्तिशाली नेता बन्न सक्ने देखिन्छ ।

अर्काे तर्फ माओवादी केन्द्रका शिर्ष नेताहरु जस्तै

पूर्वगृहमन्त्री रामबहादुर थापा बादललगायत पनि प्रधानमन्त्री ओली पक्षमै छन् ।

यसबीच माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन समेत पुगेको छ ।

यी यावत स्थितीलाई नियाल्दा प्रधानमन्त्री ओली अब, आउने चुनावमा एक शक्तिशाली नेताका रुपमा मात्रै हैन्,

प्रधानमन्त्री हुने दृढताका साथ अघि बढिरहेको संकेत देखिन्छ ।

माओवादी केन्द्र खारेज नभए पनि सिथिल हुने निश्चित छ, उता

नेपाली कांग्रेस आफ्नै आन्तरिक मामिलामा र नेतृत्व विमुख बनेको अवस्था छ ।

यस्तोमा पहिले देखि नै शक्तिशाली रहेको एमाले, जसपाको एक समुह र

माओवादीको मिसावटले नै एमाले झनै शक्तिशाली हुने निश्चित देखिन्छ ।

एमाले मिलाउनका लागि दोस्रो तहका नेताहरु समेत सक्रिय रहेको अवस्था छ ।

Source:www.newsparda.com

 


Last Updated on: July 9th, 2021 at 8:33 pm
२५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया