आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य घनश्याम भुसालले

१० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका छन् ।

बिहीबार साँझको कार्यदल बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त

कुराकानी गर्दै उनले निरन्तर छलफल भएपनि ठोस उपलब्धि हुन नसकेको बताए ।

“हामीले १० दिनअघिबाट खास प्रगति गरेका छैनौँ । अनौपचारिक छलफल गरेपछि केही एजेन्डा तयार गरेका थियौँ ।

तर, विभिन्न कारणले ठोस, खास प्रगति हुन सकेको छैन,” उनले भने ।

उनले कार्यदलको बैठक पुनः शुक्रबार बिहान साढे ११ बजे बस्ने पनि जानकारी दिए ।

नेताहरूबीचका छलफलहरू सकारात्मक भइरहेका

बताइएका बेला नेता भुसालले भने प्रगति हुन नसकेको बताएका हुन् ।

बुधबार साँझ मात्र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता भएकाे थियाे ।

नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताए ।

बिहीबारको बैठकमा पार्टी एकताका लागि तयार पारिएको मस्यौदामाथि छलफल हुने बताइएको थियो ।

तर, मन्त्रिपरिषद् बैठकका कारण अर्थमन्त्रीसमेत रहेका

कार्यदलका सदस्य विष्णु पौडेल अनुपस्थित भएपछि त्यसमाथि छलफल हुन सकने ।
 


Last Updated on: July 8th, 2021 at 9:30 pm
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया