आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहले काँग्रेस सभापति शेरबहादुर देउवालाई

प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने तयारी गरेको छ ।

कार्यदलका नेता तथा अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच भेटवार्ता तथा

सहमतिको नजिक पुग्नै लाग्दा नेपाल समूह हस्ताक्षर फिर्ता लिने निष्कर्षमा पुगेको हो ।

नेपाल समूहका नेता एवं उपाध्यक्ष भीम रावलले पार्टीभित्रको कुरा

मिलेमा देउवालाई दिएको समर्थन फिर्ता लिनु ठूलो कुरा नभएको बताए ।

पार्टी पूर्व अवस्थामा फर्किएमा देउवाका लागि गरेको हस्ताक्षर

फिर्ता लिने कुरा स्वभाविक भएको रावलको भनाई छ ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा रावलले देउवाभन्दा पार्टी

मुख्य कुरा भएको र साझा मान्यताबाट अघि बढ्ने स्पष्ट पारे ।

रावलले नेता नेपाललाई अध्यक्ष बनाउने औपचारिक प्रस्ताव नआएको पनि स्पष्ट पारे ।

नेता नेपाल सहमतिका लागि लागिपरेको र एकदुई दिनमै परिणाम देखिने उनको भनाई छ ।

अहिलेसम्म भइरहेको छलफल सकारात्मक भएको र सहमतिपत्रमा हस्ताक्षरको तयारी भइरहेको रावलले जानकारी दिए ।

अहिलेसम्म भइरहेको छलफल सकारात्मक भएको र सहमतिपत्रमा हस्ताक्षरको तयारी भइरहेको रावलले जानकारी दिए ।

Source:www.nepalpana.com


Last Updated on: July 8th, 2021 at 7:22 pm
२७० पटक हेरिएको

तपाईको प्रतिक्रिया