शुक्रबार ०८ आश्विन २०७८

जनकपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ ।

मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइनुभएको हो ।

उहाँले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र

देउवाले सपथ खानेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो ।

यसअघि चितवन जानेक्रममा धादिङमा प्रचण्डले सर्वोच्चले

२१ मन्त्रीको जागिर जाने सूचना पाएको भन्दै बोल्नुभएको थियो ।

त्यसको भोलिपल्ट अदालतले २१ मन्त्रीको जागिर खोसेको थियो ।

जनकपुर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘

प्रचण्ड’ सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति

शेरबहादुर देउवालाई प्रधानमन्त्री तोक्ने सूचना प्राप्त गरेको जानकारी दिनुभएको छ ।

मंगलबार जनकपुरमा रहनुभएका प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले सर्वोच्चले आफूहरूको पक्षमा फैसला गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताउनुभयो ।

उहाँ जनकपुरमा पार्टीका केन्द्रीय सदस्य महादेव यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्न आइनुभएको हो ।

उहाँले सर्वोच्चको आदेशबाट प्रतिनिधिधिसभा पुन:स्थापना हुने र

देउवाले सपथ खानेमा कुनै शंका नरहेको ठोकुवा गर्नुभयो ।

यसअघि चितवन जानेक्रममा धादिङमा प्रचण्डले सर्वोच्चले

२१ मन्त्रीको जागिर जाने सूचना पाएको भन्दै बोल्नुभएको थियो ।

त्यसको भोलिपल्ट अदालतले २१ मन्त्रीको जागिर खोसेको थियो ।

Source:www.newsparda.com


Last Updated on: July 7th, 2021 at 8:57 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया