आइतबार १० आश्विन २०७८

काठमाडौ ।

विघटनको संघारमा रहेको एमालेमा देखिएका सकारात्मक संकेतले कार्यकर्तामा खुसी छाएको छ ।

मंगलवार एमालेको कार्यदलले सहमतिको मस्यौदा

बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता

माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधान गर्ने कामको सुरुवात गरेको छ ।

कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त

ओलीले स्वीकार गरेपछि विघटन हुनै लागेको एमालेमा नयाँ किरण देखिएको हो ।

संसद् विघटनसम्बन्धी मु द्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला

एमालेमा सहमतिको नयाँ अध्याय सुरु भए पछि भने विपक्षी दलमा छटपटि सुरु भएको छ ।

आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति

जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोशिस गरेका थिए ।

तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने

अडान राखेपछि अलमलमा परेका नेताहरु ओलीको सकारात्मक संकेतले खुसी भएका छन् ।

त्यसैअनुसार ओली र नेपालपक्षीय नेता भीम रावलबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो ।

सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयारका थिए ।

कार्यदल ब्युँताएर र सहमतिको मस्यौदा

बनाउन जिम्मा दिन ओली तयार भएलगत्तै सोमबार कार्यदलको बैठक बसेको थियो ।

बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल

भेटवार्ता गराउने गृहकार्य सुरु भएको सदस्यहरूले बताएका छन् ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले

डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर सोमबारबाट सक्रिय बनाइएको छ ।

कार्यदलको बैठक बुधवार पनि बस्ने भएको छ ।

मंगलवारको बैठकपछि माधव पक्षका नेताहरुले अब

पार्टी एक बनाउने बाटो खुलेको र आफुहरु अन्तिम अवस्थासम्म लाग्ने बताएका थिए ।

अहिलेसम्म पार्टीलाई २ जेठ ०७५ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने,

सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको नेताहरुको दावी छ ।

रिटमा नेपाल पक्षबाट भएको हस्ताक्षरको विषय टुंग्याउने सन्दर्भमा

सर्वोच्चले जे फैसला गर्छ, त्यसलाई दुवै पक्षले मान्ने र त्यसपछि पार्टीको संस्थागत निर्णयलाई

आधार मानेर अगाडि बढ्नेलगायतका विकल्पमा उनीहरूबीच छलफल हुँदै आएको छ ।

Source:www.newsparda.com


Last Updated on: July 7th, 2021 at 3:36 pm
१०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया