आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

असम्भवलाई सम्भव बनाउने र अफ्ठयारोसँग भिड्ने नाम हो केपी शर्मा ओली ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले

विभिन्न अवरोधका बाबजुद केही विकास निर्माणका काम फत्ते गरेका छन् ।

पार्टीभित्रको चरम असहयोगका बिचमा

पनि ओली पेलेरै अगाडि बढेका छन् विकास निर्माणको मामिलामा ।

यसैक्रममा प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ

खनालले समेत पूरा गर्न नसकेको काम सिध्याएका छन् ।

नेकपा एमालेका युवा नेता विष्णु रिजालका अनुसार एमालेले

मौका पायो भनेर काम गरेर देखाउँछ भन्ने उदाहरण स्वदेशी लगानीमा

निर्मित नेपालको सबभन्दा ठूलो माथिल्लो तामाकोशी आयोजना हो ।

माधव नेपाल प्रधानमन्त्री हुँदा सम्पूर्ण तयारी पूरा भएर झलनाथ खनालका

पालामा शिलान्यास भएको आयोजना केपी ओलीका पालामा उद्घाटन भएको छ ।

मध्यपहाडी राजमार्ग, काठमाडौँ–तराई द्रूतमार्ग, नौबिसे

सुरुङमार्ग, मदन भण्डारी राजमार्ग, पूर्व–पश्चिम रेल

योजना, संसद् भवन, पोखरा र भैरहवा विमानस्थल, प्रत्येक पालिकामा

अस्पताल जस्ता एमालेको सोचका आयोजना पूरा हुँदा तिनले नेपालको परम्परागत विकासमा

गेम–चेन्जरको भूमिका निर्वाह गर्नेमा शंका छैन भनेका छन् रिजालले ।

Source:www.nepalpana.com


Last Updated on: July 6th, 2021 at 7:44 pm
९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया