आइतबार १० आश्विन २०७८

काठमाडौं ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीविरुद्ध कदम चाल्न खोज्दा

काँग्रेस सभापति शेरबहादुर देउवाले रोकेको बताएका छन् ।

पाँच दलीय विपक्षी गठबन्धनले बुधबार लेखक तथा बुद्धिजिवीसँग गरेको छलफलमा नेता

नेपालले देउवाको आग्रहका कारण ओलीविरुद्ध तत्काल ठोस कदम चाल्न नसकिएको बताए ।

आफूले केही गरौं भन्दा देउवाले संसद विघटनविरुद्धको रिटमा

सर्वोच्चको फैसला हेरेर मात्र अघि बढ्न ठीक हुने तर्क अघि सारेको नेपालको भनाइ थियो ।

‘मैले केही गरौं भन्दा शेरबहादुरजी अदालतको फैसलासम्म केही नगरौं भन्नुहुन्छ’, नेता नेपालले भने ।

तर, देउवाको भनाइ पनि गलत नभएको उनले स्पष्ट गरे ।

आफूहरु मूल्यको राजनीतिमा रहेकाले धैर्यता देखाएको नेपालले बताए ।

नेता नेपालले ओली व्यक्ति नभएर प्रवृत्ति भएकाले आफूहरु

खराव प्रवृत्तिविरुद्धको लडार्इंमा रहेको उल्लेख गरे ।

राजा महेन्द्रपछिको खराब प्रवृत्ति ओलीमा देखिएको बताए ।

महेन्द्रपछि अहिलेसम्म ओलीजत्तिको खराब प्रवृत्तिको मानिस राजनीतिमा नरहेको आरोप उनको थियो ।

ओलीका कारण संविधान, व्यवस्था र प्रणालीमै गम्भीर खतरा उत्पन्न

भएको भन्दै उनले सबै मिलेर संविधान र व्यवस्था जोगाउनुपर्ने बताए ।

Source:www.newsparda.com


Last Updated on: July 6th, 2021 at 6:50 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया