आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता

कायम राख्न हदैसम्मको लचकतासहित अपिल जारी गर्नुभएपछि माधव तनावमा पर्नुभएको छ ।

अध्यक्ष ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा पार्टी संरचना कायम गर्ने घोषणा गर्नुभएको छ ।

अध्यक्ष ओलीको सो घोषणालाई एमाले पंक्तिले स्वागत गरेको छ ।

तर नेता नेपाल भने सो घोषणालाई पनि षडयन्त्र भन्दै एमालेमा थप

क्षती पुर्याउँदै कांग्रेस र माओवादीलाई बलयो बनाउनु पर्ने अडानमा हुनुहुन्छ ।

उहाँको यो प्रस्तावमा दोस्रो हतका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे,

घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम रावल र योगश भट्टराईले ठाडै अस्वीकार गर्नुभएको छ ।

पाँचै जना नेताहरुले पार्टीलाई कमजोर बनाएर कांग्रेस र माओवादी बलियो बनाउने कुरा र

एमालेबाट अलग भएर माओवादीमा बिलय हुने कुरा स्वीकार्य नभएको प्रष्ट पार्नुभएको छ ।

पाँच नेताको यही कुरापछि नेपालले ‘तिनीहरु बसे पनि म फर्कन्न’ भन्दै आफ्नो निर्णय सुनाउनु भएको हो ।

नेपालको यो अभियानमा अर्का बरिष्ठ नेता झलनाथ खनालसहित भीम रावल,

अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोराले साथ दिनुभएको छ ।

स्रोतका अनुसार प्रचण्डसँग सहमति गरिसकेको कारण अव

एमालेमा फर्कने बिषय आफूलाई स्वीकार्य नहुने बटमलाइनसमेत माधवले सुनाउनु भएको छ ।

नेपाल निकट एक नेताले दिनुभएको जानकारीअनुसार आफ्नो समुहमा

रहेका पाँच नेताले संस्थापनसँग बार्ता अघि बढाएपछि नेपालले आफू निकट केही

नेताहरुलाई बोलाएर आफू एमाले फर्कन नसक्ने निर्णय सुनाउनु भएको हो ।

‘जो जो बस्न मन लाग्छ, बसुन, मचाँहि अव एमालेमा बस्न सक्दिन,

एमालेमा फर्किएर मैले पाउने केही छैन, जो पाउन सकिन्छ भन्ने लागेको छ, बसुन,

तर म अव पछाडि फर्कन संभव छैन,’ नेता नेपालको भनाई उधृत गर्दै ती नेताले भन्नुभयो ।

उहाँका अनुसार नेता नेपालले एमालेमा फर्कदा आफूहरुको केही नचल्ने,

नयाँ पार्टी गठन गरी अघि बढदा माओवादी र कांग्रेससँग सहकार्य अघि बढने खाकासमेत राख्नुभएको छ ।

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अभियान छेडनुभएका बरिष्ठ

नेता माधवकुमार नेपालले आफू नेकपा एमालेमा नफर्कने निर्णय सुनाउनु भएको छ ।

एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरी माओवादीमा बिलय हुने

निश्कर्षसहित आफू एमालेमा नफर्कने निर्णय नेता नेपालले सुनाउनु भएको हो ।

Source:www.newsparda.com


Last Updated on: July 6th, 2021 at 5:00 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया