शुक्रबार ०८ आश्विन २०७८

नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।

नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।

सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले

कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो ।

उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर

१० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो ।

यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो ।

सो विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो ।

रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।

”यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड

बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा

नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ ।

सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो

Source:www.newsparda.com

 


Last Updated on: July 6th, 2021 at 9:02 am
३४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया