आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित पक्षधर २३ विघटित प्रतिनिधि

सभाका सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउावलाई

प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन मानेनन् ।

आज साँझ ५ बजेसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता

लिन अल्टिमेटम दिएकोमा नेपाल तयार नभएका हुन् ।

ओलीले हस्ताक्षर फिर्ता नलिए २३ जना सांसद नमानिने स्पष्ट रुपमा भनेका थिए ।

उनले केन्द्रीय कमिटी बैठकबाटै अल्टिमेटमको निर्णय लिएका थिए ।

आफ्नै पार्टीका नेतालाई हटाएर अर्को पार्टीकालाई प्रधानमन्त्री बनाउन

हस्ताक्षर गर्ने एमाले हुन नसक्ने समेत निष्कर्ष निकालेका थिए ।

अब २३ सांसदबारे ओलीले कस्तो निर्णय लेलान् ? चासोको विषय बनेको छ ।

ओलीले चाँडै बैठक डाकेर कारबाहीको निर्णय पनि लिन सक्छन् ।

प्रतिनिधि सभा नरहेकाले उनले पार्टीबाट मात्र निष्काशनको निर्णय लिन सक्छन् ।

तर, नेपाल समूहले ओलीले डाकेको बैठक नै अवैधानिक भन्दै निर्णयको वैधतामाथि प्रश्न उठाउँदै आएका छन् ।

फेरि बैठक डाकेर माधव नेपालसहित २३ जनामाथि कठोर निर्णय लिएपनि त्यसको

वैधतामाथि प्रश्न उठ्न सक्छ । सर्वोच्च अदालतले एमालेको नवौं महाधिवेशनको

कमिटीको निर्णय मात्र मान्य हुने आशयको आदेश जारी गरिसकेको छ ।

Source:www.newsparda.com


Last Updated on: July 5th, 2021 at 8:11 pm
१०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया