शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं –

वरिष्ठ नेता माधवकुमार नेपालले बहिस्कार गरे पनि नेकपा एमालेको

केन्द्रीय कमिटी बैठकले साउनमा विधान सम्मेलन गर्ने निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरूको उपस्थितिमा जारी केन्द्रीय

कमिटी बैठकमा साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो।

बैठकलाई वरिष्ठ नेपाल पक्षले बहिस्कार गरेको छ। असार मसान्तभित्र सदस्यता

नवीकरण गर्ने र विभागहरूलाई पूर्णता दिने निर्णय पनि बैठकले गरेको छ।

महासचिव ईश्वर पोखरेलले दशौं महाधिवेशन आगामी वैशाख मसान्तसम्म गर्ने प्रस्ताव पेश गरेका हुन्। यसअघि

ओली समूहको बैठकले दशौं राष्ट्रिय महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाल पक्ष उपस्थित

नभए पनि उपाध्यक्ष बामदेव गौतमसहित पूर्वमाओवादी नेताहरू उपस्थित छन्।

नेपालको अनुपस्थितमा निर्णय

एमाले ओली समूहको बैठक शुरु हुँदै गर्दा शनिबार दिउसो

नेता नेपाल कोटेश्वरस्थित आफ्नै निवासमा थिए। बैठक

शुरु हुनुभन्दा केही समयअघि मात्रै एमाले उपमहासचिव घनश्याम भुसाल नेपाल निवासमा पुगे।

भुसालकै पहलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच फोनमा कुराकानी भयो।

वरिष्ठ नेता नेपाल निकट स्रोतका अनुसार टेलिफोन वार्तामा वरिष्ठ

नेता नेपालले अदालतमा सर्वोच्च अदालतमा विचाराधीन संसद् विघटनसम्बन्धी

मु’द्दाका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने अडान लिएका छन्।

नेपालले बालुवाटारमा ओली समूहको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेका छन्।

आवश्यक सल्लाह र परामर्शबिना राखिएको बैठक रोकेर संवाद थाल्न नेपालले सुझाव दिएका छन्।

साथै नेपालले कार्यदलमार्फत् सबै विवादको निकास निकाल्न पनि आग्रह गरेका छन्।

तर, ओलीले आफ्नो समूहका नेताहरू भेला पारेर ‘म जे पनि गर्न

सक्छु’ भन्ने सन्देश दिएकाले अब नेपाल समूह अझै टाढिने निश्चित जस्तै छ।

‘ओलीजीले त अध्यक्षको रुपमा जिम्मेवारी पो देखाउने त,

यसरी म जे पनि गर्न सक्छु भनेर देखाइदिन्छु शैलीमा निर्णय गर्दा पार्टी एकता जोगिन्छ?,’

नेपाल समूहका नेता तथा एमालेका एक स्थायी कमिटी सदस्यले भने।

ओलीले आफ्नो समूहका नेता भेला पारेर रमिता देखाएको ती नेताको भनाई छ।

‘सिंगो पार्टीको बहुमत शक्तिलाई बालुवाटार छिर्न नदिएर गरेको निर्णय हामी मान्दैनौं,’ ती नेताले भने।

गठबन्धन कायम रहे…

एमाले वरिष्ठ नेता नेपाल पक्ष गठबन्धन कायम राखेर अघि बढ्न चाहन्छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले वरिष्ठ नेता माधवकुमार

नेपाल समूह, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय

जनमोर्चा गठबन्धन गरेरै ओलीको असंवैधानिक कदमवि’रुद्ध अभियान चलाइरहेका छन्।

ओलीलाई सबैभन्दा बढी डर गठबन्धनसँग छ। किन? ‘गठबन्धन कायम रहेमा

आफूलाई सबैभन्दा बढी खत’रा रहने ओलीजीको निष्कर्ष छ, त्यसैले उहाँले नेपाललाई सोमबारसम्ममा

राष्ट्रपतिलाई बुझाएको हस्ताक्षर फिर्ता गर्न आह्वान गर्नुभएको हो,’ नेपाल पक्षका नेताले भने।

गठबन्धनकै कारण आफ्नो कुर्सीको जग हल्लिएको निष्कर्षमा पुगेर

ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएको ती नेताको तर्क छ। ‘तर, ओलीका एकल

निर्णयमा हाम्रो सहमति हुन्न, पार्टी एकता कायम रहन्न,’ उनले भने।

Source:www.swadeshnepal.com


Last Updated on: July 3rd, 2021 at 9:25 pm
११५ पटक हेरिएको

तपाईको प्रतिक्रिया