शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले

माओबादी छाडेर एमाले प्रबेश गरेका रामबहादुर
थापा (बादल) सहित

करिब दुई दर्जन पूर्बमाओबादीहरुको बिदाई गर्ने भएका छन् ।

आफ्नो पार्टी एकताका लागि अध्यक्ष ओलीले एमालेमा प्रबेश गरेका

माओबादी समूहलाई बिदाई गर्ने सोच बनाएका थिए ।

‘पूमा (पूर्बमाओबादी समूहलाई एमालेभित्र छोटकरीमा ‘पूमा’

ले सम्बोधन गर्ने गरिन्छ) हरुको बिदाईको तयारी भइसकेको छ ।’

एमाले पार्टी कार्यालय स्रोतले भन्यो ‘उनीहरुलाई सान्त्वनाका लागि केही आस्वासन र

भबिश्यका लागि केही उधारो प्रतिबद्धताबाहेक अरु काम फत्ते भइसकेको छ ।’

पूमाहरुको बिदाईसँगै नेकपा एमालेको एकता हुदै छ । अध्यक्ष ओली जुनसुकै मूल्य चुकाएर पनि एमाले एकताको पक्षमा छन् ।

एमाले बिभाजित हुदा त्यसबाट हुने भयंकर ठूलो क्षतिको अनुमान गरेर ओलीले पार्टी एकताको पहलकदमी अघि बढाएका थिए ।

एमाले एकताबद्ध हुने हो भने आउदो निर्बाचनमा पनि संसद र

अन्य सरकारहरुमा पार्टीको यही स्थिति हुने ओलीको बिस्वास छ ।

सघीय संसदमा एमालेको एकल बहुमत नभए पनि ठूलो दल बन्न सक्ने

र फेरि सरकारको नेत्रृत्व गर्न सकिने आत्मबिस्वास एमालेजनमा देखिन्छ ।

यसैका लागि अध्यक्ष ओली र उनको समूहले बिगत लामो समयदेखि पार्टी एकताको पहल गरिरहेको छ ।

पार्टी एकताको लागि ०७५ जेठ २ मा फर्कनुपर्ने झलनाथ–माधब समूहले माग गरेपछि ओलीले यसलाई स्वीकार गरेका छन् ।

अध्यक्ष ओली सुरुमा पूमाहरुसहित पार्टी एकताको पक्षमा थिए ।

तर पूमाहरु रहेसम्म एमालेको एकता सम्भब नहुने देखेर अध्यक्ष ओलीले उनीहरुको बिदाई गर्न लागेका हु ।

ओलीले जेठ २ मा फर्कन गरेको सहमतिले पूमाहरु अहिलेसम्म एमालेमा अबैधढंगले बसिरहेको पनि पुष्टि भएको छ ।

अहिलेसम्म उनीहरु कुन पार्टीको सदस्य थिए भन्ने पनि अनिश्चित बनेको छ ।

‘उहाँहरुले माओबादी त परित्याग गर्नुभयो । तर अहिलेसम्म एमालेको सदस्य पनि नबनेको देखियो ।’

ओलीनिकट एक पोलिटब्युरो सदस्य भन्छन् ‘उहाँहरुलाई

पहिचानबिहीन बनाउनु हुदैन भनेर हामीबिच छलफल भइरहेको छ ।’

त्यसको लागि बिदाई गरेर केहीमै फेरि पार्टीभित्र स्वागत गरिने उनको भनार्ई छ ।

यसको मतलब पूमाहरु फेरि एमाले हुन्छन् त भन्ने ई–आर्थिकको

जिज्ञासामा उनी भन्छन ‘त्यतिकै दोबाटोमा बेबारिसे छाड्नु त महापाप भइहाल्छ नि ।

उहाँहरुको जाने ठाउँ नै छैन । त्यसैले एमालेमै उहाँहरुलाई एडजस्ट गर्ने हो ।’

त्यसो भए बादलहरुसहित भएको अहिलेकै कमिटिमा एमाले एकता गर्दा के हुन्छ नि भन्ने जिज्ञासामा

एमाले नेता भन्छन् ‘पहिले घरभित्रको अन्तरबिरोध मिलाउनु उचित देखियो ।

चार दशकसम्म एउटौ सिद्धान्त र झण्डामुनी गोलबद्ध भएका र एउटै आन्दोलनबाट आएका साथीहरुलाई पहिलो प्राथमिकता दिने हो ।

घरभित्रका साथीहरुलाई बेखुसी बनाएर नबप्रबेशीहरुलाई शासक बनाउन सकिदैन ।

त्यसैले जेठ २ मा फर्केर सबभन्दा पहिले एमालेको भावानात्मक एकता गर्ने हो ।

त्यसपछि उहाँहरुलाई पनि ठाउँ दिने हो ।’

उनले दिएको जानकारीअनुसार जेठ २ मा फर्केर एमाले एकता

गरेपछि एमालेको बैठक बसेर पूमाहरुलाई पार्टीमा प्रबेश गरेको निर्णय गरिने छ ।

एमालेको यस निर्णयले पार्टीभित्र पूमाहरुको हैसियत नबप्रबेशी

एमाले हुन्छ र स्वतः दोस्रो दर्जाका नेता/कार्यकर्ता बन्नेछन् ।

पूमाहरुलाई एमाले प्रबेश गराएको सन्देश नदिदासम्म पार्टीभित्र

उनीहरुले समान हैसियत र जिम्मेवारी खोज्न थालेको एमालेका नेताहरु बताउँछन् ।

‘पूमाका केही नेताहरु सरकार र मन्त्रीमा बार्गेनिङ गर्नुले राम्रो संकेत गरेको छैन ।’

अर्का केन्द्रीय सदस्य भन्छन् ‘एमालेमा आएका एकमुठी पूमाहरुले हरेका अबसर र

पार्टीको माथिल्लो तहमा भाग खोजे भने एमालेलाई यहाँसम्म ल्याउनेहरुलाई ठूलो अन्याय हुन्छ ।’

पार्टी अध्यक्ष ओलीसँग होस या अरु नेतासंग असन्तुष्टि ब्यक्त गरे पनि

भनाभन भए पनि भीम रावल र रामबहादुर थापालाई समान नजरले हेर्न नसकिने उनको भनई छ ।

‘भीम रावल पनि उपाध्यक्ष, बादल पनि उपाध्यक्ष भए । रावल एमाले बनाउने नेता हुन ।

बादल एमाले सिध्याउन नसकेर एमाले बनेका नेता हुन ।

अनि दुबैलाई पार्टीभित्र उस्तै–उस्तै ब्यबहार गर्न सकिन्छ ?’

एमालेको बैठकले उनीहरुलाई पार्टी प्रबेश गराउने र जिम्मेवारी प्रदान गर्ने कार्यले

पूमाहरु रक्षात्मक अबस्था पुग्ने र पद समान भए पनि त्यस्तै रबाफ र फुर्ती गर्न नसक्ने उन्को भनाई छ ।

त्यसो त पूमाहरुलाई एमालेभित्रै राख्नुपर्ने अध्यक्ष ओलीको अर्को स्वार्थ पनि छ ।

जेठ २ मा फर्कदा एमालेभित्र माधब नेपाल समूह निकै शक्तिसाली हुने हुदा स्थायी समिति र

केन्द्रीय कमिटिमा ढुक्कसाथ बहुमत पु¥याउन पनि ओली पूमाहरुलाई पार्टीभित्रै राख्न चाहन्छन् ।

पूमाहरुलाई जिम्मेवारी दिने कुरामा एमालेका दुबै समूहमा सहमति

भएकाले केहीले स्थायी समिति र केहीले केन्द्रिय सदस्यको जिम्मेवारी पाउने छन् ।

यो संख्याले ओलीलाई पार्टीका दुबै तहमा प्रष्टसँग बहुमतमा राख्ने छ ।

यसले ओलीलाई पार्टीभित्र आफूले चाहेको निर्णय गराउन सक्ने अबस्था रहने छ ।

यतिबेला पूमाहरुको अबस्था घर न घाटको छ । आकर्षक मन्त्रालय

पाएर एमालेमै रहेका उनीहरुको मन्त्री पद जेठ ६ गते नै सर्वोच्च अदालतले बदर गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले एमाले एकताकै लागि र मधेशबादी दलहरुलाई

फुटाएर आफूतिर ल्याउन आफ्ना कार्यकर्ताहरुलाई सर्बोच्चमा रिट हाल्न लगाएका थिए ।

रिट निबेदक अधिबक्ता कपिलदेब ढकाल एमाले कार्यकर्ता हुन ।

यो रिटलाई अत्यन्त प्राथमिकतामा राखेर प्रधानन्यायाधीश

चोलेन्द्र शमशेर जबराको एकल इजलासले पूमाहरुको मन्त्री नियुक्तीलाई बदर गरिदिएको थियो ।

यो आदेशले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट,

ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री

गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका थिए ।

उनीहरुको पद रिक्त भएको केही दिनमै प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा सामेल गराएका थिए ।

माओबादी मन्त्रीहरु कयमै रहेको अबस्थामा जसपा सरकारमा आउने संभाबना नै थिएन ।

यसले ओली सत्ताबाट हट्न सक्ने प्रबल संभाबना थियो ।

जसपा ओलीसँग नमिल्दा काँगे्रसको नेत्तृत्वमा बिपक्षी दलहरुको सरकार बन्न सक्ने परिस्थिति थियो ।

उनीहरुको मन्त्री पद मात्र गएन, साँसद पद पनि चिप्लिएको छ ।

बादललाई ओलीकै निर्देशनमा राष्ट्रिय सभाबाट हराईको छ भने अरुले दल परित्याग गरेर साँसद पद गुमाएका छन् ।

Source:www.newsparda.com


Last Updated on: July 2nd, 2021 at 6:53 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया