आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा माओवादी केन्द्रमा पनि पदाधिकारी हुने भएको छ ।

अध्यक्ष राखेर बाँकी स्थायी कमिटी र केन्द्रीय

कमिटीसहित तल्लो तहको कमिटी रहेकोमा अब केन्द्रमा पदाधिकारी बढाउने तयारी भएको छ ।

माओवादीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायत रहने विधानमै व्यवस्था गर्न लागेको छ ।

त्यसका लागि माओवादी बैठक बसी विधान संशोधन गर्न लागिएको छ ।

माओवादीमा ३३ सदस्यीय केन्द्रीय कमिटी र १०० सदस्य पोलिटब्यूरो राख्ने व्यवस्था गरिदैछ ।

तल्लो तहको कमिटीहरुमा पनि पदाधिकारी राखिने गरी विधान संशोधन गर्न लागिएको छ ।

७ प्रदेश र उपत्यकामा पनि कमिटी बनाउन लागिएको छ । माओवादीबाट कार्यकर्तालाई सक्रिय बनाउन र

अर्को दलमा जानबाट रोक्न यस्तो रणनीति अपनाइएको बुझिएको छ ।

नेकपा विभाजित भई एमाले र माओवादी केन्द्र बनेपछि एमालेमा माओवादी नेता कार्यकर्ता प्रवेश गरेका छन् ।

यो क्रम रोक्न पनि माओवादीले

पदहरु सृजना गरेर तल्लो तह देखि माथिल्लो तहसम्म संगठन बलियो बनाउन खोजेको छ ।

पदाधिकारी सृजना गरेपछि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै रहने निश्चित छ ।

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको सम्भावना छ ।

महासचिवमा कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन र

जर्नादन शर्मा मुख्य दाबेदार देखिएका छन् । उपाध्यक्षको संख्या बढाएर व्यवस्थापन हुन सक्छ ।

उपमहासचिव र सचिवमा मातृका यादव, गिरिराजमणि पोखरेल, पम्फा भुसालमध्येबाट लाने सम्भावना रहेको छ ।

नयाँ पुस्ताका नेताहरुलाई पनि जिममेवारी दिने तयारी भएको छ ।

Source:www.newsparda.com


Last Updated on: June 24th, 2021 at 10:28 pm
१४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया