आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमाले एकताको हल्ला चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार

नेपालले आफ्नो धारणा सर्वाजनिक गरेका छन् ।

नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका गल्ती सच्याउन आफू विपक्षी

गठबन्धनमा सहभागी भएको बताउदै सकारात्मकता व्यक्त गरेका हुन् ।

विपक्षी गठनबन्धनले सम्पादकहरूसँग गरेको अन्तरक्रियामा बोल्दै नेता

नेपालले ‘माधव नेपाल को हुन् रु’ भन्नेलाई जवाफ दिने भन्दै धारणा राखेका थिए ।

‘म माधव नेपाल पूर्वप्रधानमन्त्री हुँ । एमालेको वरिष्ठ नेता हुँ ।

केपी ओलीले गरेको कारवाहीको अर्थ छैन ।

ओलीले सुरू गरेको कोर्स करेक्सन गर्न हामी लागेका छौं’, नेपालले भने ।

संविधानविपरीत संसद नै भंग गर्ने काम गरेकोले विपक्षी गठबन्धन सक्रिय हुनुपरको नेपालले बताए ।

संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने नेपालको भनाइ थियो ।

उनले गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने बताए ।

‘मान्छे हुन् कहिलेकाहीँ गल्ती हुन्छ ।

गल्ती स्वीकारेर कोर्स गरेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ’, नेपालले भने ।

Source:www.onlinemarg.com


Last Updated on: June 24th, 2021 at 5:18 pm
१८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया