आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

सर्वोच्चले संसद पुनःस्थापना गर्ने ओलीको विश्लेषण

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् ।

सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ ।

अब अदालतले संसद पुनस्र्थापना गर्न सक्ने पनि प्रधानमन्त्रीले विश्लेषण गरेका छन् ।

सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत् मंगलबार

२० जना मन्त्रीको नियुक्ति बदर गरेपछि प्रधानमन्त्री ओली सर्वोच्च अदालतप्रति आक्रोशित बनेका हुन् ।

​मंगलबार राति बालुवाटारमा पदमुक्त मन्त्रीहरुलाई बोलाएर प्रधानमन्त्री ओलीले भने, ‘संविधानअनुसार २५ जनाको मन्त्रिपरिष

हुँदा त काम गर्न हम्मे परिरहेको थियो, अब चारजना मन्त्रीले कसरी सरकार चलाउनु ?’

आफूले मधेसका नेताहरुलाई समेटेर संविधानअनुसार नै सरकार विस्तार गर्दा

अदालतले रोक लगाइदिएको ओलीले गुनासो गरे । उनले पदमुक्त मन्त्रीहरुलाई भने,

‘अब अदालतको आदेश मान्दिनँ पनि कसरी भन्नु ? तपाईहरुले मलाई सहयोग गर्नुभयो,

अब संसद पुनःस्थापना होलाजस्तो देखिँदैछ, त्यसपछिको परिस्थिति कसरी अगाडि बढ्छ, हेरौं ।’

प्रधानमन्त्री ओलीले अदालतबाट पदमुक्त भएका सबै मन्त्रीहरुलाई बालुवाटार बोलाएका थिए ।

सिन्धुपाल्चोकबाट आजै फर्केका निवर्तमान उपप्रधानमन्त्री राजेन्द्र महतो पनि बालुवाटार पुगेका थिए ।

​पदमुक्त मन्त्रीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतबाट

नागरिकतासम्बन्धी अध्यादेश खारेज गरिदिएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

संविधानमा भएको व्यवस्थालाई नै अध्यादेशमा राख्दा पनि अदालतले दुःख दिएको उनले बताए ।

​‘प्रधानमन्त्री ओली निराश र अन्योलमा देखिनुभएको थियो’

बालुवाटारबाट फर्केका एक निवर्तमान मन्त्रीले रातोपाटीसँग भने ।

उनका अनुसार अब संसद पुनस्र्थापना हुने र त्यसपछिको राजनीतिक समीकरणअनुसार एमाले–जसपाको

सरकार बन्ने अवस्था पनि नरहन सक्ने प्रधानमन्त्री ओली र जसपाका नेताहरुले विश्लेषण गरेका छन् ।

बालुवाटार बैठकमा प्रधानमन्त्री ओलीको भनाइ थियो, संसद पुनःस्थापना

भने देश कसरी अगाडि बढ्छ हेरौं, भएन भने पनि ५ जना मन्त्रीबाट चल्न गाह्रो छ ।’

​प्रधानमन्त्री ओलीले संसद विघटन गरिसकेर पनि जसपाका ११ नेतालाई मन्त्री बनाएका थिए ।

एमालेबाट पुरानो टीम बदलेर ९ जना थप गरेका थिए ।

अदालतको आदेशपछि जसपाका

११ जनासँगै एमालेका नयाँ मन्त्रीहरु पनि पदच्युत भएपछि ओली संकटमा परेका छन् ।

सत्तारुढ एमालेका कतिपय नेताहरुले अदालतले ओलीलाई ‘कामचलाउ प्रधानमन्त्री’

करार गरेको हुनाले अब संसद विघटन सदर हुने र निर्वाचन हुने अनुमान लगाएका छन् ।

तर, मंगलबार राति बालुवाटारमा प्रधानमन्त्री ओलीको विश्लेषण

चाहिँ त्यो भन्दा विपरीत आएको जसपाका एक नेताले बताए ।

उनले भने, ‘अदालतको आदेशले संसद पुनःस्थापना हुने संकेत गरेको प्रधानमन्त्री ओलीको विश्लेषण छ ।

पुनःस्थापना भएन भने ५ जना मन्त्रीले चुनाव गराउन नसक्ने निश्कर्ष पनि प्रधानमन्त्रीमा देखियो ।’

Source:www.ratopati.com


Last Updated on: June 23rd, 2021 at 12:03 am
१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया