आइतबार ०३ आश्विन २०७८

एजेन्सि।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेला परेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता

डा. समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा नयाँ भेटियन्ट पुष्टि भएको बताएका हुन्।

समन्वयमा भारतको नयाँ दिल्लीस्थित WHO identified Center for Excellence in Genomics,

The Institute of Genomics and Intergrative Biology (IGIB) मा

sequencing का लागि २०७८ जेष्ठ २६ गते पठाइएको थियो,’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भनेका छन्,

‘उक्त नमूनाहरूमध्ये ९ वटा थप उत्परिवर्तन के फोर सेभेन्टिन एन म्युटेशन भेटिएको छ।’

एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भएको अधिकारीले उल्लेख गरेका छन्।

‘४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमूनाहरूमध्ये ९ वटामा थप

उत्परिवर्तन के फोर सेभेन्टिन एन म्युटेशन भेटिएको छ,

जसलाई ए वाई वान नाम पनि दिइएको छ,’ डा. अधिकारीले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले

हालसम्म यो म्युटेशन नेपालसहित १० भन्दा बढी राष्ट्रहरूमा पष्टि भएको बताएका छन्।

‘यीसहित हालसम्म नेपालमा भेरियन्ट अफ कन्सर्न का रुपमा अल्फा (बी.वान.वानसेभेन) र

डेल्टा (बी.वान.सिक्स वान सेभेन.टु) भेरियन्ट तथा भेरियन्स अफ इन्ट्रेस्टका रुपमा कप्पा

भेरियन्ट (बी.वान.सिक्स वान सेभेन.वान) पुष्टि भएको छ, यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका

व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको छ, त्यसैले संक्रमण रोक्न हामी सबै

सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन भूमिका बढाउन सबैको

जानकारीका लागि विनम्र अपिल गर्दछौ,’ मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले भनेका छन्।

Source:www.swadeshnepal.com


Last Updated on: June 21st, 2021 at 9:52 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया