आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी रेणु दाहालले नेतृत्व गरेको भरतपुर

महानगरपालिकामा करोडौंको आर्थिक अनियमितता भएको खुलासा भएको छ ।

महालेखा परीक्षण कार्यालयले गरेको लेखा परीक्षणमा ३० करोड ११ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

बेरुजु भनेको हिसाब किताबमा गडबढ हो । अर्थात आर्थिक अनियमितता हो ।

प्रचण्डकी छोरीले सम्हालेको स्थानीय तहमै यति ठूलो मात्रामा

अनियमितता लेखा परीक्षणबाट बाहिर आएको हो ।

उक्त रकम कहाँ कहाँ खर्च भयो भन्ने कुनै हिसाब किताब छैन ।

हिसाब किताबमा गडबढ भएपछि महालेखा परीक्षणले दुरुस्त फर्स्यौट गर्न निर्देशन दिएको छ ।

आफ्नो पुत्रीले सम्हालेको महानगरपालिकामा करौडौ रकम बेरुजु भई आर्थिक अनियमितता भएको खबर सार्वजनिक भएपछि

यसको धक्का खुमलटारसम्मै पुगेको छ । प्रचण्डले यसलाई ढाकछोप गर्ने आइडिया दिएका छन् ।

बाबुको सल्लाहमा छोरीले यो घटनालाई ढाकछोपको प्रयास गरेकी छन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाबाट विज्ञप्ति

निकाल्न लगाएर हालसम्मको लेखापरीक्षणको प्रतिवेदनमा नियमित गर्नुपर्ने भनेर दिएको

सुझावलाई भ्रष्टाचार अनियमितता गरेको भन्न नमिल्ने जिकिर गरेकी छन् रेणुले ।

महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा दिएका सुझावको

आधारमा महानगरपालिकामा भ्रष्टाचार र अनियमितता

भएको भनेर समाचार आएपछि रेणुलाई निकै चिन्ता भएको उनको विज्ञप्तिमा देखिन्छ ।

उनी निकै चिन्तित देखिन्छिन् ।

आर्थिक कार्यविधि ऐन अनुसार ऐननियम अनुसार

नभएर अनियमित रूपमा भएका खर्चलाई बेरुजुमा राख्ने गरिएको छ ।

विज्ञप्ति अनुसार ठूलो हिस्सा नियमित गर्नुपर्ने र पेश्की बेरुजु रहेको तथा

असुलउपर गर्नुपर्ने बेरुजु निकै कम रहेको विज्ञप्तिमा दाबी गरिएको छ ।

तर असुलउपर गर्नुपर्ने बेरुजु कति हो भनेर खुलाइएको छैन ।

Source:www.nepalpana.com


Last Updated on: June 20th, 2021 at 10:30 pm
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया