आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार

नेपाल एउटै पार्टीमा नरहने निश्चितप्रायः भएको छ ।

दुई नेताबीच कुरा मिलाउन एकता पक्षधरहरु जतिसुकै लागेपनि ओली र नेपाल मिल्न तयार देखिएका छैनन् ।

बरु शक्तिसंघर्षमा कस्ले बाजी मार्ने हो भन्ने चासोको विषय बनेको छ ।

ओलीले एकताको ६ बुँदे प्रस्ताव राखेपनि कार्यान्वयनमा नेपालको आशंका छ l

यो प्रस्तावबाट आफू पक्षधर केही प्रभावशाली नेताहरुलाई तान्न मार्ग प्रशस्त गरेको बुझाई नेपालको छ ।

ओलीनिकट नेता कर्ण थापाले माधव नेपाल र भीम रावलबाहेकका नेतासँग कुरा मिल्ने बताइसकेका छन्

यसबाट पनि ओली नेपाल र रावललाई समेटेर जाने पक्षमा देखिएका छैनन् ।

नेपालले ओलीले प्रधानमन्त्री पद त्यागेमात्र सहमति गर्ने सन्देश दिइरहेका छन् ।

उनी कुनै हालतमा सत्ताबाट ओलीको बर्हिगमन चाहन्छन् ।

तर, ओली त्यसका लागि तयार छैनन् ।

एकता पक्षधरले ओली र नेपाल दुवै अध्यक्ष रहने र सरकारको नेतृत्व

ओलीले गर्ने पार्टी नेपालले चलाउने गरी कुरा मिलाउन खोजेका छन् ।

तर, नेपाल त्यसका लागि तयार छैनन् ।

विश्वस्त स्रोतका अनुसार नेपाल अब टसमस नहुनेमा पुगिसकेका छन् ।

उनी कुनै हालतमा ओलीलाई सत्ताबाट हटाउन केन्द्रित छन् ।

नेपाल निकट २३ सांसदको हस्ताक्षर फिर्ता गराउन मात्र ओलीले

एकताको प्रस्ताव राखेको नेपाल खेमाको बुझाई रहेको छ ।

हस्ताक्षर फिर्ता गर्नेवित्तिकै ओलीको पक्षमा माहोल बन्ने र सत्तामा उनी नै रहेर झन् कडा बन्न सक्नेमा शतर्क छन् ।

चुनाव भइहालेमा पनि ओलीले आफ्ना मान्छेलाई मात्र टिकट दिएर

नेपाल खेमाका नेताहरुलाई अवसरबाट वञ्चित पारिदिन सक्छन् भन्नेबारे समिक्षा समेत भएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको अन्तिम किनारा नलागेसम्म

नेपाल अर्को पार्टी खोल्ने या ओलीसँग कुरा मिलाउने विषयमा अगाडि नबढ्ने रणनीतिमा छन् ।

तर, फैसलाका आधारमा उनी अगाडि बढ्ने देखिएको छ ।

सम्भवतः नेपाल नयाँ दल खोलेर बढ्ने तयारीमा पुगिसकेका छन् ।

उनी प्रचण्डसँग मिलेर नयाँ कम्युनिस्ट शक्तिको निर्माण गरेर आगामी चुनावसम्म जान चाहिरहेका छन् ।

प्रचण्डसँग राजनीतिक लेनदेन गर्ने उनको तयारी देखिइरहेको छ ।

यसबाट पनि नेपाल आफ्नै बाटोमा धेरै अगाडि बढिसकेकाले सुर्य चिन्ह भनेर नबस्ने अवस्थामा पुगिसकेका छन् ।

उनले कलम चिन्हको पार्टीको पूर्वतयारी गरिसकेका छन् ।

नेपालले वृहत कम्युनिस्ट पार्टीको निर्माणमा सक्रियता बढाइसकेका छन् ।

विगतमा नेकपा जस्तै उही नाम या केही फरक नामसहित कम्युनिस्ट घटकका नेताहरुलाई समेत समेटेर जाने तयारी भइरहेको छ ।

एमालेको कम्तिमा ३० प्रतिशत शक्ति, माओवादी केन्द्रलगायत विभिन्न

कम्युनिस्ट शक्ति समेटेर नयाँ दल निर्माणको टुंगो असारभित्रै लाग्ने बुझिएको छ ।

Source:www.newsparda.com


Last Updated on: June 20th, 2021 at 8:20 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया