शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपाललाई एकल अध्यक्षको

प्रस्ताव गरेसंगै विपक्षी गठबन्धनमा तरंग उत्पन्न भएको छ। विपक्षी गठबन्धन तोड्न ओलीले

प्रहार गरेको अस्त्रलाई निस्तेज पार्न कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्प

कमल दाहाल प्रचण्डले नेता नेपाललाई सूर्य चुनाव चिन्ह दिलाइदिने आश्वासन दिएको बुझिएको छ।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने कुरामा विपक्षी गठबन्धन ढुक्क प्राय छ।

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विघटित प्रतिनिधि सभाका सांसदहरुको रिट देउवालाई

प्रधानमन्त्री बनाउनुपर्ने र प्रतिनिधि सभा पुनःस्थापना गर्नुपर्ने माग गरिएको छ।

१४६ जना सांसदहरुले सर्वोच्चमा दायर रिटलाई लिएर ओली चिन्तित रहेको

उनका निकटतमहरुले बताउने गरेका छन्। ओली जसरी हुन्छ माधव पक्षीय सांसदलाई रिट फिर्ता गर्न

लगाएर प्रतिनिधि सभाको २६७ सांसदको बहुमत नपुग्ने स्थिति बनाएर अदालतमा विचाराधीन मुद्दा कमजोर बनाउन खोजिरहेका छन्।

यसअघि आफूमाथि जताततै घेराबन्दी भएपछि तोड्नका लागि

ओलीले नेकपा एमाले एकताका लागि जेठ २ अगावै फर्किन तयार रहेको प्रस्ताव गरेका थिए।

फेरी पनि विपक्षीको व्यूह तोड्नको लागि त्यो प्रस्तावबाट अझ अघि बढेर

असन्तुष्ट नेता माधव कुमार नेपाललाई पार्टीको एकल अध्यक्षको लागि प्रस्ताव गरेका छन्।

ओलीले बारम्बार दूत पठाएर नेता नेपाललाई फकाउन थालेपछि देउवा-प्रचण्ड झस्किएका छन्।

एकल अध्यक्ष प्रस्ताव गरेको थाहा पाए पछि हत्तपत्त अरु नेताको निवासमा

नपुग्ने देउवा पनि कोटेश्वर स्थित नेपाल निवासमा पुगेका थिए। त्यहिँ दिन प्रचण्ड पनि नेपाल निवास पुगे।

उक्त बैठकमा गठबन्धनलाई थप सशक्त बनाउने विषयमा छलफल भएको बताइएको थियो।

बाहिर जे भनिए पनि उक्त भेटघाटमा प्रचण्ड र देउवालाई नेता नेपालले ओलीको प्रस्तावबारे सुनाएका थिए।

प्रचण्ड-देउवाले नयाँ सरकार बनेपछि नेता नेपाललाई सूर्य चुनाव चिन्ह दिलाइदिने आश्वासन दिएका थिए।

नेता नेपालले त्यो कसरी सम्भव छ भनेर प्रश्न गरेपछि लामो समय त्यसबारे छलफल भएको थियो।

प्रचण्ड-देउवाले ओली प्रतिगमनको बाटो हिँडेकाले उनलाई

सत्ता च्यूत गर्नुको विकल्प नरहेको बताएका थिए। अदालतले संसद

विघटनबारे फैसला नदिने बेलासम्म ओलीसँग कुनै सम्झौता नगर्न आग्रह नेता नेपाललाई गरेका थिए।

अदालतले ओलीलाई सत्ता च्यूत गरेपछि ओलीको शक्ति

क्षीण हुने र एमालेमा नेपाल समूह दह्रो भएर जाने आश्वासन दिएका थिए।

कोटेश्वर बैठकबारे ओली पक्षीय नेता गोकुल बास्कोटाले एमाले

विभाजनलाई मलजल गर्न प्रचण्ड र देउवा नेपालकोमा पुगेको बताएका छन्।

उनले उक्त बैठकमा के छलफल भयो भन्ने थाहा नभएपनि एमाले

विभाजनलाई बल पुर्याउन गएको कुरामा दुई मत नरहेको बताएका थिए।

उनले भने, ‘एमाले ध्वस्त गर्न प्रचण्ड देउवाले हिजो पनि कोटेश्वरको डिलमा युरिया हालेछन।

तर पोटास र फस्फोरस थियो कि थिएन? अब कस्तो सप्रेला वा थप पहेलिएला हेर्नु छ?’

Source:www.newsparda.com

 


Last Updated on: June 19th, 2021 at 4:01 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया