आइतबार ०३ आश्विन २०७८

काठमाडौं |

नेपालीलाई विश्वभर वीर गोर्खाली भनेर चिनिन्छ ।

विश्वसामु नेपाललाई चिनाउन गोर्खा सैनिकहरुको पनि ठूलो हात छ ।

गोर्खा सैनिककै कारण नेपालले फेरि अर्को रेकर्डमार्फत आफूलाई विश्वभर चिनाउने सौभाग्य पाएको छ ।

भूतपूर्व गोर्खा सैनिककी छोरी बेलायती सेनाको एक उच्च पदमा पुगेकी छन् ।

कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२२ भुम्दीकी २७ वर्षीय अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी छन् ।

हालसम्म बेलायती सेनाको उच्च तहमा पुग्ने सम्भवतः उनी पहिलो नेपाली महिला हुन् ।

अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरि शनिबार मात्रै क्याप्टेन पदको फुली लगाएकी हुन् ।

६ गोर्खा राईफलका कलर सार्जन अमर गुरुङ र सुकु गुरुङकी कान्छी छोरी अंशु दन्त चिकित्सक (डेन्टिस्ट) हुन् ।

गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट) को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् ।

उनकी आमा भुम्दिकोट समाज यूके आमा समूहकी अध्यक्ष हुन् ।

उनीहरु स–परिरिवार बेलायतको फार्नबरोमा बस्दै आएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 


Last Updated on: June 15th, 2021 at 6:29 pm
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया