आइतबार ०३ आश्विन २०७८

जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्ष आजै सरकारमा सहभागी हुने भएको छ ।

ठाकुर पक्ष सरकारमा सहभागी हुने भएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझसम्म मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने तयारी गरेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्रालयसहित ठाकुर पक्ष सरकारमा सहभागी हुन लागेको जसपाका एक नेताले पुष्टि गरे ।

उनकाअनुसार महतो उपप्रधानमन्त्रीसहित गृह अथवा भौतिक पूर्वाधार मन्त्री बन्नेछन् ।

ती नेताले आजै साँझ दुई राज्यमन्त्रीसहित १० जनाले सपथ लिने तयारी भएको पनि जानकारी दिए ।

महतोको नेतृत्वमा जसपाबाट शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, चन्दा चौधरी र विमलप्रसाद श्रीवास्तव मन्त्री बन्ने पक्कापक्की भएको छ ।

त्यस्तै, दुई राज्यमन्त्रीमा भने रेनुका गुरुङ र राजकुमार चौधरीको नाम चर्चामा छ ।

Last Updated on: June 4th, 2021 at 5:15 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया