शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं :

नेकपा एमालेका नेता वामदेव गाैतमले नेता माधव नेपालले पार्टी विभाजन गरेर गए आफू त्यही पार्टीमा सामेल हुने बताएका छन्।

गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जालमा यस्तो लेखेका छन्।

उनले लेखेका छन्, ‘अध्यक्ष कमरेडसँगको कुराकानीबारे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो ।

तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ। त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’

यसको प्रतिउत्तरमा उपाध्यक्ष गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भनेर फर्किएको बताएका छन्।

माधवकुमार नेपाल र झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि चलाएकाे प्रति आफ्नाे समर्थन नरहेकाे समेत स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु।

’गाैतमका प्रेस सहयाेगी विश्वमणि सुवेदीले अहिलेको परिस्थिति अनुसार स्पष्ट पारेको धारणा भन्दै सामाजिक सञ्जाल यसो लेखेका छन् –नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक क. वामदेव गौतमले समसामयिक सन्दर्भमा दुईवटा धारणा स्पष्ट पार्नुभएको छ ।

१. अध्यक्ष कमरेडसँगको कुराकानीबारे
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री क. केपी शर्मा ओलीसँग उहाँले नेकपा (एमाले) को स्थिति २०७५ जेठ २ गतेसम्मको मानेर अगाडि बढ्नुपर्छ भन्ने आग्रह राख्नुभयो ।

तर, क. अध्यक्षले भन्नुभयो, ‘म ०७५ जेठ २ भन्दा धेरै अगाडि बढिसकेँ ।

त्यसैले म त्यस्तो काम गर्न सक्ने छैन ।’
यसको प्रतिउत्तरमा उपाध्यक्ष क.वामदेव गौतमले ‘त्यसो भए म तपाईंको साथमा छैन’ भन्नुभएको हो ।

२. क.माधव नेपालहरुका सन्दर्भमा
वरिष्ठ नेता क.माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरु बनाउनेजस्ता काममा मेरो सहमति छैन ।

तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।

बहुमतको सरकार गठनका लागि देउवाको आह्वान, प्रचण्डको समर्थन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि धारणा राख्दै देउवाले प्रधानमन्त्रीको प्रस्ताव पारित नहुने बताए ।

उनले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अर्को सरकार गठनका लागि प्रक्रिया अघि बढाउन आह्वान गरेका छन् ।

प्रचण्डको समर्थन
प्रतिनिधिसभा बैठकमा देउवापछि धारणा राखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवाको भनाइमा समर्थन गरे ।

उनले संसदबाट बहुमतको सरकार निर्माण सम्भव रहेको पनि बताए ।

‘यहीँभित्र सम्भव छ । अरु बेढंग नसोचौं, संविधानको हुर्मत लिने काम कसैले नगरौं’ उनले भने ।

बहुमतको सरकार गठनका लागि हाल प्रतिनिधिसभाका १३६ जना सांसदको समर्थन चाहिन्छ ।

 


Last Updated on: May 28th, 2021 at 8:42 pm
८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया