शुक्रबार ०८ आश्विन २०७८

काठमाण्डौं ।

नेकपा एमालेभित्र ओली समुह र माधव नेपाल समुहको बिचमा एकता र नयाँ सहकार्यको बिषयमा चर्चा भैरहेको बेला पुर्ब माओवादीहरुको एकता चर्चा पनि निकै चुलिएको छ ।

पछिल्लो समय माओवादीहरुको बिचमा एकताको चर्चा भएको भएता पनि कसरी एकता होला भन्ने चासोको बिषय थियो ।

नेपालमा २०५२ सालबाट जनयुद्ध शुरु भएर २०६२ ६३ को जन आन्दोलन पश्चात राजतन्त्रको अन्त्य भयो ।

माओवादी आन्दोलनको कारण नेपालमा संघियता, धर्मनिरपेक्षता, संबिधान सभाबाट संबिधान जस्ता बषौं देखि चलिराखेका राजनैतिक मुद्धाहरुको समाधान त भयो तर आम नागरीकहरुको जिवनमा भने ठुलो परिपर्वत देखिएन ।

यस्तो अबस्थामा जनसेनालाई क्यानटोमेण्टमा राख्ने, शान्तिपुर्ण राजनैतिक कार्यदिशालाई अंगाल्ने, कार्यकर्ता ब्यावस्थापन लगायतका यावत बिषयहरुमा माओवादी पार्टी भित्र बिभिन्न समयमा चर्को चर्को बहसहरु भए ।

बहसको परिणाम नेकपा माओवादी बिभाजनको दिशामा अगाडी बढ्यो ।

आज माओवादी मुलधारबाट बिभाजन भएका पार्टीहरु झण्डै आधा दर्जन आसपास पुगिसकेका छन् ।

यस्तो अबस्थामा पुर्व माओवादीहरु कसरी एक होलान भन्ने आम नेता कार्यकर्ताहरुको चासो र चिन्ता बिषय छ ।

यस्तैमा माओवदाी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम नागरीक तथा पार्टी कार्यकर्ताहरुसँग अबको कम्युनिष्ट पार्टि कस्तो बन्नुपर्ला भनेर मागेको सुझाव संकलनमा पनि पुर्व माओवादीहरुको एकताको बिषय निकै चर्चामा छ ।

कसरी होला त पुर्व माओवादीहरुको एकता ? नेतृत्वको कार्यबिभाजन कसरी होला ? कुन नेतालाई कुन पदमा वा कस्तो भुमिकामा रहदा माओवादी आन्दोलनको मुभमेण्ट अगाडी बढ्ला यो सबै भन्दा चिन्ताको बिषय हो ।

यहि बिषयमा क्रान्तिकारी पत्रकार संगठन नेपालका महासचिव बाबुराम भुषालले माओवादीको एकता पार्टीको नाम नेकपा समाजवादी (पार्टी)

संरक्षक: मोहन वैद्य, अध्यक्ष: पुष्पकमल दाहाल, उपाध्यक्ष: बाबुराम भट्टराई, महासचिव: नेत्र विक्रम चन्द, समाजवादी क्रान्तीको कार्यदिशा, यसरी पार्टी एकता गरे कस्तो होला? कसो होला भनेर सामाजीक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।

उनको यो बिषयलाई धेरैले मजाकको रुपमा लिएको भए पनि यसरी एकता गर्दा अझै आम नागरीकहरुको समास्या समाधान गर्ने दिशामा माओवादी आन्दोलन अगाडी बढ्ने भने बिस्वास लिन सकिन्छ ।।

 


Last Updated on: May 20th, 2021 at 8:45 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया