आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले देशी विदेशी शक्तिले नेकपालाई फुटाएको बताएका छन् ।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरुबीचको एकता आवश्यक रहेको समेत बताएका छन् ।

नेपाली क्रान्तिलाई अगाडी बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरुको एकता आवश्यक रहेको उनको भनाई छ ।

विगतमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापना गर्ने लक्ष्य साथ पार्टी एकिकरण गरिएको भएपनि देशी विदेशी शक्तिहरुको योजनामा पार्टी फुटाइएको नेता श्रेष्ठले बताए ।

उनले पार्टी एकताको उद्देश्य, लक्ष्य, मर्म र भावना पार्टी पंक्तिमा पुर्‍याउन नसक्नुपनि कमजोरी भएको बताए ।

कम्युनिष्ट पार्टीको उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने उनले बताए ।

 


Last Updated on: May 17th, 2021 at 9:09 pm
१३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया