शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं :

सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन बनाउन लागिएको कार्यदलमा नेता राम बहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई पनि राखिने भएको छ।

माओवादीबाट आएका नेता रायमाझीलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कार्यदलमा राख्ने तयारी गरिएको हो ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको ओली-नेपाल पक्षको वार्तापछि कार्यदल बनाउने जिम्मा दुई शीर्ष नेतालाई दिने निर्णय लिएको थियो।१० सदस्यीय हुने कार्यदलको संयोजकमा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेललाई बनाउने सहमति भएको स्रोतले बताएको छ ।

कार्यदलमा दुवै पक्षका ५-५ जना नेता रहनेछन्। नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ मा लैजाने अडान लिइरहेका बेला २०७७ पुस ५ पछि एमालेमा आएका गृहमन्त्री रामबहादुर थापा बादल पनि ओली पक्षबाट बैठकमा सहभागी भएपछि माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

असन्तुष्ट नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलाई राख्ने तयारी भएको बुझिएको छ ।

काठमाडौं : सत्तारुढ नेकपा एमालेको विवाद मिलाउन बनाउन लागिएको कार्यदलमा नेता राम बहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई पनि राखिने भएको छ।

माओवादीबाट आएका नेता रायमाझीलाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कार्यदलमा राख्ने तयारी गरिएको हो ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा भएको ओली-नेपाल पक्षको वार्तापछि कार्यदल बनाउने जिम्मा दुई शीर्ष नेतालाई दिने निर्णय लिएको थियो।

१० सदस्यीय हुने कार्यदलको संयोजकमा एमाले संगठन विभाग प्रमुख विष्णु पौडेललाई बनाउने सहमति भएको स्रोतले बताएको छ ।

कार्यदलमा दुवै पक्षका ५-५ जना नेता रहनेछन्। नेपाल पक्षले एमालेलाई २०७५ जेठ २ मा लैजाने अडान लिइरहेका बेला २०७७ पुस ५ पछि एमालेमा आएका गृहमन्त्री रामबहादुर थापा बादल पनि ओली पक्षबाट बैठकमा सहभागी भएपछि माधव नेपाल समूहले असन्तुष्टि जनाएको छ ।

असन्तुष्ट नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्टलाई राख्ने तयारी भएको बुझिएको छ ।

 


Last Updated on: May 16th, 2021 at 7:15 pm
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया