आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने माग राख्दै अलग गतिबिधि गरिरहेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा आफ्नै समूहका नेताको आलोचना भएको छ ।

शुक्रवार संस्थापन पक्ष र माधव नेपाल पक्षबीच सिंहदरवारमा भएको वार्तामा पूर्व माओवादीतर्फका नेता रामवहादुर थापा बादललाई राखिएकोमा नेपाल पक्षका केन्द्रीय सदस्यहरुको जुम बैठकमा आलोचना भएको हो ।

केही केन्द्रीय सदस्यहरुले सबैभन्दा पहिले साबिक एमालेको बैठक बस्नुपर्ने अडान राखेर दुई महिनादेखि अलग अभ्यास गरिरहेका बेला आफूहरुले स्वीकार गरिनसकेका बादल एमाले नेताको हैसियतमा वार्तामा बस्दा नेताहरुले किन स्वीकार गरेको ? भन्ने प्रश्न राखेको एक सदस्यले बताए ।

शुक्रवारदेखि शुरु भएको माधव पक्षका केन्द्रीय सदस्यहरुको बैठक शनिवार पनि जारी रहेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले बादलसहितको वार्तामा बसेपछि जेठ २ को बटमलाइन कमजोर भएको बताएका छन् ।

माधव नेपालसहितका नेताहरुले भने बादल वार्तामा बस्ने आफूहरुलाई पूर्व जानकारी नभएको र वार्तामा देखेपछि एमालेमा स्वागत छ भनेको जानकारी दिएका छन् ।

उनीहरुले जेठ २ को बटमलाइनबाट पछि नहटेको सदस्यहरुलाई बताएका छन् ।

अधिकांश सदस्यले संस्थापन पक्षको इमान्दारितामाथि प्रश्न उठाउँदै सहमति कार्यन्वयन नहुने आशंका व्यक्त गरेका छन् ।

उनीहरुले उधारोमा सहमति गर्नुको अर्थ नहुने र कार्यदलको कुरा झुक्याउने खेलमात्र हुनसक्न आशंका गरेका छन् ।नेपाल प्रेसबाट साभार

 


Last Updated on: May 15th, 2021 at 8:04 pm
१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया