आइतबार ०३ आश्विन २०७८

काठमाडौं ।

केपी ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएसँगै ओलीको नवगठित मन्त्रिमण्डलका सदस्यहरूलाई पनि पद तथा गोपनीयताको सपथ गराइएको छ ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् ।

तर श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना भने सपथग्रहण समारोहमा उपस्थित भएनन् ।

दुवै मन्त्रीमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएकोले दुवै मन्त्री आइसोलेसनमा छन् ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विक पनि अस्वस्थताको कारण सपथग्रहणमा उपस्थित हुन नसकेको हो ।

केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहका बीच ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् ।

ओलीसँगै उनको मन्त्रिमण्डलका सदस्यले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्।

मन्त्रीहरूमा पुरानै अनुहार दोहोरिएका छन् भने उनीहरूलाई साविककै मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


 


Last Updated on: May 14th, 2021 at 7:05 pm
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया