आइतबार १० आश्विन २०७८

काठमाडौं ।

केपी शर्मा ओली प्रधानमन्त्री पदबाट मुक्त भइसकेपछि कामचलाउ प्रधानमन्त्री बनेका छन् ।

कोरोना महामारीका बेला जनताले सबल र सक्षम नेतृत्व खाजेका छन् ।

तर नेपालका राजनीतिक दलहरु भने यतिबेला सत्ता समीकरणका लागि अनेकौं हर्कतहरु गरिरहेका छन् ।

एमालेको माधव समूहले भने सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाएर पार्टी एकता जोगाउन प्रस्ताव गरेको छ ।

नेकपा एमालेको दुवै समूह अप्ठ्यारोमा परेका बेला माधव पक्षले पार्टी एकता कायम गर्न नयाँ प्रस्ताव अघि सारेको हो ।

ओलीलाई बिदा गरेर नेम्वाङलाई प्रधानमनत्रीको उम्मेदवार बनाउँदा एमालेमै फर्केर काम गर्न वातावरण बन्ने र माओवादी केन्द्रसमेत सरकारमा सामेल हुने नयाँ परिस्थिति सिर्जना हुने नेपाल पक्षको तर्क छ ।

यही तर्कका आधारमा नेपाल पक्षले अहिले यो प्रस्तावमा छलफल गर्नुपर्ने माग अघि सारेको स्रोतको दाबी छ।

०७७ फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि पनि तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले यही प्रस्ताव अघि सारेको थियो । तर यो प्रस्तावमा केपी शर्मा ओली सशंकित छन् ।

आफूलाई कतैबाट हटाउन नसकेपछि चालिएको षड्यन्त्रका रूपमा केपी ओली पक्षले यसलाई बुझेको छ ।

प्रधानमन्त्री ओलीले भने नेपाल पक्षबाट आउने प्रस्तावहरु प्रचण्ड–नेपालको साझा रणनीतिका रुपमा बुझ्ने गरेका छन्।

त्यसैले अहिले निकासका लागि भनेर अघि सारिएको यो रणनीति ओलीलाई सत्ताबाट हटाउन कुनै उपाय नलागेपछि आएको सो समूहको बुझाइ छ ।

पछिल्लो समयमा शेरबहादुर देउवाको नेतृत्वमा पनि सरकार बन्न कठिन स्थित सिर्जना भएको छ ।

 


Last Updated on: May 13th, 2021 at 7:17 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया