शुक्रबार ०८ आश्विन २०७८

काठमाडौ ।

नेकपा एमालेले आफुहरु माथि गरेको कारवाही फुकुवा गरेपछि एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि स्थायी कमिटी बैठक राखेर आफ्ना माग सम्बोधन गर्न ओली पक्षलाई ४ वजे सम्मको समय दिएको छ ।

यस अघि नै माधव नेपालले पार्टी एक गर्न आफ्ना सर्त यस्ता छन् भन्दै सार्वजनिक गरेका ६ बुँदालाई नै सो समुहले विहिवारको वटमलाईन बनाएको छ ।

नेपालले आलीलाई पठाएको ६ बुँदे माग सम्बोधन गर्न ओली समुहलाई ४ वजे सम्मको समय दिएको छ ।

खनाल(नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले दिउँसो ४ बजेसम्म पनि आफूहरूले उठाएका एजेन्डासँग सहमति नभए सांसदहरूले राजीनामा दिने नेता भीम रावलले बताएका छन् ।

ुबैठक पछि नेता रावलले प्रतिकृया दिँदै धने, वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री ओलीलाई पठाउनुभएको ६ बुँदे मागसहितको पत्रको सम्बोधन गर्नुपर्छ।

त्यसका लागि हामीले ४ बजेसम्मको समय दिएका छौं,ु ।

उनले आफुहरुको कारवाही फुकुवा भन्दा पनि पार्टीलाई २०७५ जेठ ३ को अवस्थामा फर्काउने विषय आफुहरुको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल समुहले ओलीलाई पार्टी एक पक्षिय रुपमा चलाएको आरोप लगाएको छ ।

सर्वोच्च अदालतले नेकपा भंग गरेपछि ओलीले फागुन २८ गते स्थायी कमिटी बैठक राखेर आफ्ना पक्षकाहरुलाई मात्र कमिटीमा नियुक्त गरेका थिए ।

महाधिवेशन आयोजक कमिटी बनाएर उनले आफ्ना पक्षका नेतालाई केन्द्रिय कमिटीमा सदस्य बनाएका थिए ।

नेता रावलले पार्टीलाई जेठ ३ अघिको अवस्थामा फर्काउनु पार्टी एकताका लागि प्रमुख सर्त रहेको बताएका छन् ।

यसअघि बालुवाटारमा बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित उक्त समूहका ४ जना नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।

 


Last Updated on: May 13th, 2021 at 7:00 pm
१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया