आइतबार ०३ आश्विन २०७८

काठमाडौं :

नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नको लागि विश्वासको मत नदिने र प्रतिनिधि सभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताएका छन्।

सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री ओलीलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादा लगायत कुनैपनि दृष्टिबाट विश्वासको मत दिन उचित नहुने भएकाले बैठकमा उपस्थित नभएको बताए छ।

नेपालले यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक भएको धारणा राखेका छन्।

उहाँले नेपालको संविधान, लोकतन्त्र, राष्ट्रिय हितका साथै नेकपा (एमाले) को विधान,विधि, सिद्धान्त, नीति र आदर्श विपरीतका काम-कावाई तीब्र पार्दै देश, जनता र लोकतन्त्रको भविष्यलाई नै खतरातर्फ धकेलिरहनु भएको छ।

प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानमा आँच पुग्ने किसिमका गतिविधिहरु गर्दै राज्यलाई नै कमजोर तुल्याइरहनु भएको छ।

नेपालले विज्ञप्तिमार्फत भनेका छन्, प्रदेश सरकारहरुलाई पनि सत्ता संघर्षतर्फ धकेल्दै अस्तव्यस्त बनाउनेतर्फ उहाँको संलग्नता रहेको छ।

यसको ज्वलन्त उदाहरणका रुपमा गण्डकी र लुम्बिनी प्रदेशमा संविधान र लोकतन्त्रको मर्म तथा मान्यता विपरीत भएका कार्यहरुलाई लिन सकिन्छ।

नेपालले ओलीलाई देश, जनता र पार्टी प्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरुलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरुको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गरेका छन्।

प्रतिनिधि सभाको असंवैधानिक विघटन, संवैधानिक परिषद्मा मनपरी, कानूनी शासनको उपहास, भ्रष्टाचारीहरुलाई संरक्षण जस्ता ओलीका क्रियाकलापहरु छताछुल्ल भइसकेको नेपालको आरोप छ।

विश्‍वासको मतका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा मतदान भएको थियो।

एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भएर विश्‍वासको मत लिने ओलीको कदमलाई असहयोग गरेका थिए।

विश्‍वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो। तर ओलीले जम्मा ९३ मत पाएका छन्।

उनको विपक्षमा १२४ मत परेको छ। त्यस्तै मत दिन्‍न भन्‍ने वा तटस्थमा १५ मत परेको छ।

संसदमा जम्मा २३२ सांसद उपस्थित थिए। प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्‍वासको मत दिएनन्।

 


Last Updated on: May 11th, 2021 at 9:27 pm
२४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया