आइतबार १० आश्विन २०७८

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक कोभिड–१९ को तिब्र संक्रमणको संकटमा फसिरहेको अवस्थामा पनि कोही कसैले भ्रष्टाचार सोच्छ र गर्छ भने त्यसलाई नछाड्ने बताएका छन् ।

मुलुक संक्रमणसँग जुधिरहेको अवस्थामा, रोकथाम र उपचारमा जुटिरहेको अवस्थामा पनि कसैले अनुचित सोच्छ भने त्यस्तो गतिविधि क्षम नहुने र त्यस्तालाई कडा भन्दा कडा कारबाही गरिने बताए ।

सोमबार प्रतिनिधिसभा संसदमा सरकारको विश्वासको मत लिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल त्यस्तो देश हो जसले कोभिड विरुद्धको भ्याक्सिन उत्पादन नगरेपनि प्रयोग गर्ने पहिलो मुलुक बनेको दाबी प्रस्तुत गरे ।

यो पनि पढनुहोस । काठमाडौं, २६ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले अब अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गर्न नसकिने भन्दै सामूहिक राजीनामा दिएर जानुपर्ने प्रस्ताव राखेका छन् ।

सिंहदरबारमा राजीनामा दिनेगरि भेला भएका सांसदहरुलाई सम्बोधन गर्दै नेता नेपालले अब छुट्टै पार्टी गठन गरेर अघि बढ्नुको विकल्प नरहेको ब्रिफिङ गरेका थिए ।

छलफलमा सहभागी एक सांसदले दिएको जानकारीअनुसार आजको बैठकमा नेता नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

नेता नेपालको भनाई उद्धृत गर्दै ती सांसदले भने–‘अब पनि हामी अलमलमा पर्नुहुन्न, केपी ओलीसँग सम्झौता गर्नु भनेको हाम्रो लागि आत्मघाती हुन्छ ।

अब नयाँ पार्टी खोलेर जानुपर्छ । ओलीलाई पराजित गर्नुपर्छ । उनलाई ढाल्नुपर्छ ।

ओलीसँग सम्झौता गरेर जान सकिँदैन् । अहिले सम्झौता गर्नु भनेको ओलीलाई फाईदा हुन्छ ।

साथीहरु, हामी खुट्टा नकमाऔं । अहिले ओलीले कमिशनको चक्करमा पार्टीलाई बद्नाम गरे ।’

प्रधानमन्त्री ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने तयारी गरेका छन् ।

त्यसको लागि उनीहरु अहिले सिंहदरबारस्थित् सार्वजनिक लेखा समितिको हलमा सामूहिक छलफलमा जुटेका छन् ।

 


Last Updated on: May 10th, 2021 at 9:40 pm
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया