शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ-

आकस्मिक मन्त्रिपरिषद्को बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत नपाएर पद मुक्त भएपछि कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ता किन गरिएको भन्ने खुलाइएको छैन ।

संसदबाट विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ । यो पनि पढ्नुहोस:

सुर्खेत, बैशाख २७

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेकपा एमालेका सबै सांसदहरुले विश्वासको मत दिनुभएको छ ।

कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षको सांसद संख्या शुन्य देखिएको हो ।

दैलेखका सांसद राजबहादुर बुढा, सुर्खेतका ध्रुवकुमार शाही र समानुपातिक सांसद पार्वती कुमारी विशुन्खेले ओलीको पक्षमा मतदान गरेपछि कर्णालीमा नेपाल पक्षमा एक जना पनि सांसद नरहेका हुन् ।

सांसद शाहीले भन्नुभयो, ‘हामी पार्टी एकताको पक्षमा हिजै लागेका हौं ।

आपसी एकता, सहकार्यता आवश्यक छ, त्यसका लागि सबै मिलेर जानुपर्छ र एमालेलाई बचाउनुपर्छ भनेर हामी लागेका थियौं ।

नेकपा एमालेलाई मतदान गर्ने आम नागरिकको चाहना बमोजिम हामी एमालेको सरकार जोगिनु पर्छ भनेर मतदानमा सहभागि भएका हौं । गुट उपगुट तपसीलका कुरा हुन ।

हामीलाई एमालेले सांसद बनाएको हो । हामी एमाले हौं ।’


Last Updated on: May 10th, 2021 at 8:51 pm
१९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया