आइतबार १० आश्विन २०७८

काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् ।

अहिले नेपाल पक्षका सांसदहरू सिंहदरबारस्थित लेखा समितिको हलमा बसेर संसदको लाइभ हेरिरहेका छन् ।

संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिंदैछन् ।

सो प्रयोजनका लागि राष्ट्रपति कार्यालयबाट विशेष अधिवेशन आह्वान भएको थियो । सोही अनुसार संसद बैठक अहिले चलिरहेको छ ।

माधव नेपाल पक्षका सांसदहरु सांसदमा गएनन
काठमाडौँ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरू संसदमा अनुपस्थित भएका ‍छन् ।

सोमबार सिंहदरबारमा बसेको नेपाल समूहका सांसदहरुको बैठकले प्रधानमन्त्रीले विश्वासको मत दिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको थियो ।

सोही अनुसार सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरु सहभागी भएनन् ।

नेपाल समूहका कति जना सांसद अनुपस्थित भएका छन् भन्ने खुलेको छैन ।

प्रतिनिधिसभाको बैठकमा सत्तारुढ दल नेकपा एमालेको लहरमा माधव नेपाल पक्षका सांसदको सिट खाली देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसद बैठकमा बोल्दै आफूलाई विश्वासको मत मागेका छन्

 


Last Updated on: May 10th, 2021 at 6:52 pm
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया