शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं :

नेकपा एमालेका माधव नेपाल समुहले तत्काल सामुहिक राजिनामा नदिने भएका छन् ।

स्थायी कमिटीको बैठकले विपक्षी गठबन्धनको सरकार बन्ने अवस्थामा मात्रै सांसद पदबाट राजीनामा दिने निष्कर्ष निकाल्दै तत्कालका लागि राजिनामा नदिने निर्णय गरेको हो ।

आइतबार बसेको स्थायी कमिटीको बैठकले ओलीका पक्षमा बहुमत नपुग्ने निश्चित भएकाले तत्काल राजीनामा दिनुको अर्थ नहुने निष्कर्ष निकालेको हो ।

उनीहरूले जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको बहुमत नपुग्ने निष्कर्ष निकालेको बताइएको छ ।

घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताहरू सामुहिक राजीनामाको विपक्षमा रहेको बताईएको छ ।

उनीहरूले परिणाम निस्कने अवस्थामा मात्र राजिनामा दिनु उचित हुने तर्क गरेका थिए ।

एक नेताका अनुसार अहिले नै विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था नभएकाले सांसद पदबाट राजीनामा दिनुको अर्थ नभएको र परिणाम पनि नआउने देखेर राजिनामा रोकिएको हो ।

माधव नेपाल समुहका सांसदले सामुहिक राजीनामा हल्ला चलेपछि प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न विष्णु पौडेल र सुवास नेम्वाङलाई पठाएका थिए ।

पौडेल र नेम्वाङले ओलीलाई मनाउने भन्दै राजिनामा नगर्न सुझाव दिएका थिए ।

नेता नेपालले भने २ जेठ ०७५ मा पार्टीका कमिटी फर्काउनुपर्ने पुरानै अडान राखेका थिए ।

यससँगै माधव नेपाल समुहले ओलीको पक्षमा मतदान गर्ने भएको छ ।

राजिनामा नदिएपछि पार्टीको ह्विप मान्नुपर्ने भएकाले ओलीलाई विश्वासको मत दिने भएका हुन् । विश्वासको मत नदिएको खण्डमा पार्टीले कारबाही गर्नेछ ।

 


Last Updated on: May 9th, 2021 at 8:29 pm
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया