आइतबार ०३ आश्विन २०७८

प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि सहमत नभएको भन्दै नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसद अन्ततः सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्।

त्यसका लागि आज दिउँसो स्थायी कमिटी बैठक बसेर अन्तिम निर्णय गरिने नेपाल पक्षका एक सांसदले नेपालखबरलाई जानकारी दिए।

उनले बैठकको निश्चित समय भने तोकेनन्। दिउँसो मात्र भने।

‘आज दिउँसो हामी बैठक बस्छौं र सामूहिक राजीनामा ककसले दिने भन्ने विषयमा अन्तिम निर्णय गर्छौं,’ आइतबार बिहान भने।

उनका अनुसार नेपाल पक्षमा २२ प्रत्यक्ष र १२ सामानुपातिक गरेर ३४ सांसद छन्।

प्रत्यक्ष : झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, कृष्णलाल महर्जन, विरोध खतिवडा, गणेश पहाडी, दीपकप्रसाद भट्ट,

भवानीप्रसाद खापुङ, जयकुमार राई, पवित्रा निरौला, नारायण खतिवडा, जीवनराम श्रेष्ठ, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, मेठमणि चौधरी, झपट रावल, यज्ञराज सुनुवार र राजबहादुर बुढा

समानुपातिक : समानुपातिकतर्फ रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, पुष्पा कर्ण, कल्याणी खड्कालगायत १२ जना छन्।

 


Last Updated on: May 9th, 2021 at 7:23 pm
१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया