शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन जनता समाजवादी पार्टीलाई प्रस्ताव गरेका छन् ।

जसपालाई सभामुख सहित १२ वटा मन्त्रालयहरु दिने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् ।

बालुवाटारमा राजेन्द्र महतो र महन्थ ठाकुरसंगको भेटवार्तामा प्रधानमन्त्री ओलीले आफुलाई समर्थन गर्न आग्रह गर्दै प्रस्ताव राखेका हुन् ।

सभामुख सहित मुख्य मन्त्रालय दिने साथै जसपाको मागहरु समेत सम्बोधन गर्ने कुरा प्रधानमन्त्रीले राखेका थिए ।

प्रधानमन्त्री ओलीले जसपालाई १२ वटा मन्त्रालय दिने तर जसपाले युवा नेताहरुलाई प्राथमिकता दिनुपर्ने जोड ओलीको रहेको जसपाका एक नेताले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले उक्त भेटवार्तामा मुखै खोलेर सभामुख समेत जसपालाई दिने प्रस्ताव गरेका हुन् ।

जसपाबाट शरतसिंह भण्डारीलाई सभामुखको लागि अगाडी बढाउन प्रधानमन्त्री ओलीले नेता महतो र ठाकुरलाई सुझाव समेत दिएका छन् ।

शरतसिंह भण्डारी पूरानो र अनुभवी नेता भएको कारण संसदको कामलाई राम्रोसंग संचालन गर्न सक्ने विश्वास प्रधानमन्त्रीको रहेको छ ।

प्रधानमन्त्रीले युवा नेताहरु राजकिशोर यादव, उमाशंकर अरगरिया, इस्तियाक राई, प्रदीप यादव, प्रमोद साह, चन्दा चौधरी लगायतलाई प्राथमिकता दिनु पर्ने भन्दै मन्त्रालयहरुमा युवा नेताहरुलाई अघि सार्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्रीले जसपालाई खुलेरै सत्ता साझेदारी गर्न प्रस्ताव गरेपनि जसपा पार्टीले आधिकारिक निर्णय भने दिन सकेको छैन ।

उपेन्द्र यादव र डा. बाबुराम भट्टराई खुलेरै केपी ओली विरुद्द लागेको कारण महन्थ ठाकुर र राजेन्द्र महतोलाई अफ्ठ्यारो परेको छ । अहिले जसपा फुटको संघारमा छ ।

 


Last Updated on: May 9th, 2021 at 7:10 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया