आइतबार ०३ आश्विन २०७८

काठमाडौ ।

देश यो अवस्थामा पुगिसकेको छ । तर राजनीतिक दलहरु भने अझै सत्ताको भागवण्डामा पौठेजारी खेलिरहेका छन् ।

देशभरीका अस्पताल जटिल अवस्थाका कोरोना संक्रमितले भरिएको छ ।

अब अस्पतालमा नयाँ भर्ना गर्ने ठाउँ छैन ।

काठमाडौका जुनसकुकै अस्पतालमा फोन गरेपनि आईसीयू छैन । वार्ड छैन भनिरहेका छन् ।

किष्ट मेडिकल कलेजले त अक्सिजनको अभाव भएको सूचना निकाल्दै तीन दिनदेखि नयाँ भर्ना लिएको छैन ।

अधिकांश अस्पतालमा अवस्था यस्तै छ । यही बेला अत्यन्तै दु:खद खबर आएको छ ।

काठमाडौको चन्द्रागिरी १२ हरियाली निबासी संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण राज खनाल अब हामीबिच रहनुभएन ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टिपछि उहाँ घरमै आईसोलेसनमा उपचाररत हुनुहुन्थ्यो ।

उहाँलाई अचानक अक्सिजनको मात्रा कमि भएर सास फेर्न गाह्रो भयो ।

त्यसपछि अस्पताल लैजान एम्बुलेन्स बोलाईयो । एम्बुलेन्स अत्यन्तै ढिला आयो ।

त्यो बेलासम्म उहाँलाई निक्कै गाह्रो भएको थियो । दुर्भाग्य एम्बुलेन्समा अक्सिजन समेत थिएन ।

एम्बुलेन्समा भएको अक्सिजन अस्पतालको वार्डमा राखेको भन्दै चालक अक्सिजन नै नलिई पुगेका थिए ।

तर उहाँलाई अस्पताल लैजादै गर्दा बाटो मै दुःखद निधन भयो । अक्सिजन नभएकै कारण देशकै होनाहार व्यक्तिले बाटोमै मृत्युबरण गर्नुपर्यो ।

 


Last Updated on: May 7th, 2021 at 8:53 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया