शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं :

सरकारले आन्तरिक हवाइ उडान र केही अन्तर्राष्ट्यि उडान रोक्ने निर्णय गरेको छ ।

आज (आइतबार) साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उ

नकाअनुसार बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर आन्तरिक उडानसहित भारत, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनेबारे पनि जानकारी गराएका थिए । ती मन्त्रीका अनुसार बजेट अधिवेशन भने बोलाईएको होईन् ।

उनले भनेका छन्–‘बजेट अधिवेशन भनेर बोलाईएको होईन, प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने भन्नुभएको छ।’

 


Last Updated on: May 2nd, 2021 at 8:53 pm
३०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया