शुक्रबार ०८ आश्विन २०७८

काठमाडौँ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नामले नेपाल विश्वसामु चिनिएको बताएका छन्।

युद्ध देखि शान्तिको नेतृत्व गर्ने बिरलै व्यक्ति आफू भएकोले संसारले नेपाल भन्दा बढी प्रचण्डलाई चिन्ने गरेको दाबी गरेका हुन्।

प्रचण्डको दाबी छ, ‘भारतमा मात्रै होइन संसारभरका मान्छेले मलाई चिन्छन्।

अहिले त म त्यो घमण्ड गर्दिन। मैले घमण्ड गर्‍यो भन्ने लाग्ला। तर, म जनयुद्धबाट शान्ति प्रक्रियाबाट गणतन्त्र नेपालको प्रधानमन्त्री भएपछि नेपाल प्रचण्डको नामबाट चिनिन थाल्यो भन्थे पत्रकारहरू।

संसारभरका मान्छेले नेपालभन्दा बढी प्रचण्डलाई चिन्नेजस्तो भयो। एउटा मिथजस्तो क्या।’

प्रचण्डले आफूले इतिहासमा कमै मानिसहरुले प्राप्त गर्ने दुर्लभ अवसर प्राप्त गरेको पनि बताए।

युद्ध पनि गर्ने, शान्ति पनि ल्याउने, गणतन्त्र ल्याएर पहिलो प्रधानमन्त्री हुने र संविधान सभाबाट नयाँ संविधान पनि ल्याउने काम एकै व्यक्तिको नेतृत्वमा हुनु अति दुर्लभ घटना भएको बताए।

प्रचण्डले अहिलेको परिवर्तन अर्थात् धर्मनिरपेक्षता र गणतन्त्र सिध्याउन आफू माथि नियोजित प्रहार भइरहेको भन्दै भने, ‘प्रचण्डलाई सिध्याउने मिसन चलिरहेको छ।’

 


Last Updated on: May 2nd, 2021 at 6:56 pm
४७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया