शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं:

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सरकारले नागरिकको उपचार गर्न सकिँदैन भनेर हात नउठाएको स्पष्ट पारेका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सबैले सावधानी अपनाउनुपर्ने भनेर अपिलमात्रै गरेको जिकिर गरे ।

उनले भने,‘सरकार जिम्मेवारीबाट पन्छिन खोजेको होईन, सबै संवेदनशील बन्नुपर्छ भनेको हो । हामी दिनानुदिन खटिरहेका

छौं ।’

उनले सरकारले तोकेका स्वास्थ्य मापदण्ड सबैले पालना गर्नुपर्ने बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण्का लागि नै आफूहरुले निषेधाज्ञा जारी गरेको पनि मन्त्री रावतले स्पष्ट पारे ।

सरकारले कुनै पनि लापरवाही नगरेको पनि उनको दाबी छ । अति आवश्यक र गर्नैपर्ने काममात्रै गरेको उनले सुनाए ।

 


Last Updated on: May 1st, 2021 at 3:17 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया